Monday, March 24, 2025

खेलकुद महोत्सवको चौथो दिन पनि ३ बिधाका खेल सञ्चालन

सिन्धुली – प्रथम जिल्ला खेलकुद महोत्सव २०८१ को चौथो दिन तिन बिधाका खेलहरु सञ्चालन भएका छन् । फागुन ८ गतेबाट सञ्चालन भएको खेल महोत्सवको चौथो दिन आइतबार कराँते, भलिबल र फुटबल खेलमा विभिन्न पालिका विच प्रतिस्पर्धा भएको हो ।

खेलकुद महोत्सव अन्तर्गत सञ्चालन भएको कराँते खेल आज सम्पन्न भएको छ । जसमा कमलामाई नगरपालिकाले १३ स्वर्ण, ५ रजत र २ कास्यपदन पाएर प्रथम स्थान हासिल गर्न सफल भएको छ । यस्तै ५ स्वर्ण, ३ रजत र ९ कास्यपदक प्राप्त गरी हरिहरपुरगढी गाउँपालिकाले द्धित्तिय स्थान हासिल गरेको छ । त्यसैगरी ४ स्वर्ण, १३ रजत र ४ कास्यपद प्राप्त गरि मरिण गाउँपालिका तृतिय भएको छ भने १ स्वर्ण २ रजत र १२ कास्यपदक प्राप्त गरि सुनकोशी गाउँपालिकाले चौथो स्थान हासिल गरेको छ ।

त्यस्तै भलिबलमा पुरुष तर्फ सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो । जसमा ०–३ को सोझो सेटमा तीनपाटन गाउँपालिकाले सुनकोशी गाउँपालिकालाई पराजीत गर्दै तीनपाटन गाउँपालिका फाइनलमा प्रवेश गरेको छ । यसैगरी कमलामाई नगरपालिका र घ्याङ्लेख गाउँपालिका बीच भएको खेलमा घ्याङ्लेख गाउँपालिकालाई  ३–० को सोझो सेटमा पराजित गर्दै कमलामाई नगरपालिका फाइनलमा प्रवेश गरेको छ । जसअनुसार उपाधिका लागि तीनपाटन गाउँपालिका र कमलामाई नगरपालिका बिच प्रतिस्पर्धा हुने छ ।

त्यस्तै भलिबलमा महिला तर्फ तीनपाटन गाउँपालिका र सुनकोशी गाउँपालिका विच प्रतिस्पर्धा भएको थियो । जसमा २–० को सोझो सेटमा सुनकोशी गाउँपालिकालाई पराजित गर्दै तीनपाटन गाउँपालिका फाइनलमा प्रवेश गरेको छ । जसअनुसार उपाधिको लागि कमलामाई नगरपालिका र तीनपाटन गाउँपालिका बिच प्रतिस्पर्धा हुने छ ।  यसैगरी तेस्रो स्थानको लागि सुनकोशी गाउँपालिका र गोलन्जोर गाउँपालिका बीच प्रतिस्पर्धा भएको थियो । जुन प्रतिस्पर्धामा गोलन्जोर गाउँपालिकालाई  ३–० को सोझो सेटमा हराउँदै सुनकोशी गाउँपालिकाले तेस्रो स्थान हासिल गर्न सफल भएको छ ।

त्यस्तै फुटबलमा पुरुष तर्फ  हरिहरपुरगढी गाउँपालिका र तीनपाटन गाउँपालिका बीच पतिस्पर्धा भएको थियो । जसमा २ –० गोल को अन्तरले तीनपाटन गाउँपालिकालाई पराजित गर्दै हरिहरपुरगढी गाउँपालिका फाइनमा प्रवेश गर्न सफल भएको छ ।  जसअनुसार उपाधिका लागि कमलामाई नगरपालिका र हरिहरपुरगढी गाउँपालिका बीच प्रतिस्पर्धा हुने छ । त्यसै गरि फुटबलमा महिला तर्फ मरिण गाउँपालिका  र हरिहरपुरगढी गाउँपालिका बिच प्रतिस्पर्धा  भएको थियो  जसमा १–१ को बराबरी सँगै खेल भोलीको लागि रोकिएको छ । जसअनुसार सोमबार मरिण गाउँपालिका  र हरिहरपुरगढी गाउँपालिका बिचको प्रतिस्पर्धा पुनः सञ्चालन हुने भएको छ ।

आयोजक टिमका अनुसार भोली फुटबल, भलिबल, एथलेटिक्स लगायतको खेल सञ्चालन हुने छ । ‘स्वास्थ्यको लागि खेलकुद तथा राष्ट्रका लागि खेलकुद‘ भन्ने नाराका साथ  सुरु भएको खेलकुद महोत्सव ८ गते देखि १३  गते सम्म  सञ्चालन हुने छ । खेलकुद महोत्सवमा फुटबल, क्रिकेट, कराँते, ब्याडमिन्टन र बक्सिङ लागायतका खेलहरु हुने छन् । जसमा ९ ओटै पालिकाका खेलाडीहरू सहभागी हुनेछन् ।

spot_img

Hot Topics

Related Articles