सिन्धुली – सिन्धुलीमा युके एडमिसन डे कार्यक्रम सम्पन्न भएको छ । सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्बर ६, १ नम्बर बजार सिन्धुलीमा रहेको एभरेष्ट लिंक एजुकेसन सर्भिसको आयोजनामा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा युकेमा अध्ययन गर्न चाहने विद्यार्थीहरूलाई युकेमा रहेका प्रमुख विश्वविद्यालयका प्रतिनिधिहरूसँग भेटघाट गर्ने र सम्पूर्ण प्रक्रिया बारे महत्त्वपूर्ण जानकारी गराईएको थियो ।

कार्यक्रममा युकेका प्रमुख विश्वविद्यालयबाट स्पट अफर लेटर प्राप्त गर्ने सीमित अवसर विश्वविद्यालयका प्रतिनिधिहरूसँग पाठ्यक्रम र प्रवेश प्रक्रिया, छात्रवृत्ति र क्यारियर अवसरहरू बारे जानकारी साथै युकेमा अध्ययन गर्दा विद्यार्थी र उनका पार्टनरलाई कसरी सँगै अध्ययनको अवसर प्राप्त गर्न सकिन्छ भन्ने जानकारी ,युके भिसा र आप्रवासन अन्तर्वार्तामा कसरी सफल हुन सकिन्छ भन्ने जानकारी सगै युकेमा उपलब्ध छात्रवृत्ति र वित्तीय सहयोगका बारेमा थुप्रै जानकारी गराईएको लिन सकिने एभरेष्ट लिंक एजुकेसन सर्भिस सिन्धुलीका सीईओ धिरज जेश्वाले बताएका छ्न ।

कार्यक्रममा साउथ एसिया विश्वविद्यालयका टोम गिरान्डन , नेपालका देशीय प्रबन्धक शिव केसी,UWS लण्डन क्याम्पसका आधिकारिक प्रतिनिधि श्री बिबाश रिमालको सहभागिता रहेको थियो ।