सिन्धुली– सिन्धुलीमा एक महिलाको भिरबाट लडेर मृत्यु भएको छ । जिल्लाको मरिण गाउँपालिका वडा नम्बर १ भदौरेकी ३० वर्षीय मंगलीमाया राना (आले) को भिरबाट लडेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

राना मरिण गाउँपालिका स्थित श्री आधारभुत बिद्यालय भदौरेको कार्यलय सहयोगी हुन् । बुधबार राना विद्यायल तर्फ आफ्नो काममा गएकी थिइन् तर विद्यालय सम्म नपुगेको र साझँ अबेर सम्म पनि घर नफर्किय पछि उनको आफन्त लगायत स्थानियहरुले खोज्दै जाने क्रममा भदौरे मोटर कच्ची सडक देखि अन्दाजी ७० मिटर तल झरि मृत्यु भएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।