Wednesday, October 15, 2025

बीपी राजमार्ग पुनःनिर्माण कार्यको तत्काल थालनी गर्न सांसद दाहालको माग

सिन्धुली– सिन्धुली प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सांसद लेखनाथ दाहाल (राजन) ले बीपी राजमार्गको पुननिर्माणमा तत्काल लागि पर्न सरकार समक्ष माग गर्नुभएको छ । प्रेस सेन्टर नेपाल सिन्धुलीले बिहिबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्नु हुदै सांसद दाहालले बीपी राजमार्ग अन्तर्गत खुर्कोट – नेपालथोक तथा नेपालथोक – भकुण्डेबेशी सडक खण्ड तत्काल पुननिर्माण गर्न माग गर्नुभएको हो ।

गएको असोज ११ र १२ गते परेको अबिरल वर्षाका कारण सुनकोशी नदी र रोशी खोलामा आएको बाढी तथा पहिरोले बगाउँदा बीपी राजमार्गको झण्डै १२ किलोमिटर सडक खण्ड बगाएर, भत्किएर पुर्णरुपमा क्षति  भएको छ । क्षति भएको चार महिना बितिसक्दा पनि सरकारले बजेटको स्रोत सुनिश्चितता गर्न नसक्दा पुननिर्माणको काममा ढिलाई भएको हुदाँ अगामी बर्खामा राजमार्ग पुरै बन्द हुने अवस्था भएकोले तत्कालको लागि सरकारले स्थायी डाइभर्सन बनाउनुपर्नेमा जोड दिनुभयो ।

राजमार्ग अन्तर्गत नेपालथोक – भकुण्डेबेशी सडक खण्डमा रोशी खोलालाई तर्काएर अस्थायी ट्रयाकमार्फत सवारी साधनहरु सञ्चालनमा ल्याए पनि पछि समस्या हुने भएको हुदाँ चाडो भन्दा चाडो बजेटको स्रोत सुनिश्चित गर्न सांसद दाहालले माग गर्नु भएको छ । आफुले प्रधानमन्त्री , भौतिक पूर्वधार तथा यातायात मन्त्री, मन्त्रालयका सचिब, डिजि लगायत सँग परामर्श गरेको र निरन्तर पहल गरि रहने उहाँको भनाई छ ।

क्षतिग्रस्त राजमार्ग पुननिर्माणको लागि आवश्यक पर्ने प्राविधिक अध्ययन तथा स्टमेट सबै तयार भईसकेको बताउदै पुननिर्माणका लागि करिब १० अर्ब रुपैयाँ लागत लाग्ने स्टमेट रहेको बताउनुभयो । यो सबै बजेट तत्काल सुनिश्चित गर्न सम्भावना नभएको हुदाँ हालको लागि कम्तीमा  ५० करोड रुपैयाँ लागत सुनिश्चित गर्न सकेमा टेण्डर प्रकृया सुरु हुने साथै स्थायी ट्रयाक निर्माण संगै पुननिर्माणको काम पनि सुरु गर्न सकिने बताउनुभयो ।

Hot Topics

Related Articles