सिन्धुली– सिन्धुलीको सुनकोशी गाउँपालिकामा गाउँपालिका स्तरीय पाचौँ राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिता शुक्रबार देखि सुरु भएको छ । “स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद” भन्ने राष्ट्रिय नाराका साथ प्रतियोगिता सुरु भएको हो ।


प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले उट्घाटन गर्नुभएको प्रतियोगितामा सुनकोशी गाउँपालिका मातहतका १० वटा मा.वि. विद्यालयहरुले भाग लिएका छन् । प्रतियोगितामा छात्र–छात्रा भलिबल, त्रिपलजम्प, हाईजम्प, कब्बडी, ज्याभ्लिङ थ्रो र १ सय देखि ३ हजार मिटर दौड लागायतको खेल हुने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितामा प्रथम, द्धित्तिय, र तृतिय स्थान हासिल गर्न सफल हुने बिद्यालयहरुलाई शिल्ड, मेडल, ट्रफी तथा प्रमाणपत्रले पुरस्कृत गरिने गाउँपालिकाले जनाएको छ ।

प्रतियोगितालाई उट्घाटन गर्नुहुदै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजनं) ले खेलाडीका क्षमता अभिवृद्धि गराउन र खेलकुद क्षेत्रको बिकास गर्न आवश्यक स्रोत साधन जुटाउन सकेको पहल गर्ने बताउनुभयो ।

उट्घाटन कार्यक्रममा बागमति प्रदेशसभा सदस्य क्षेत्र बहादुर बम्जम, गाउँपालिका अध्यक्ष दिपा बोहोरा दाहाल, उपाध्यक्ष कपिल कुमार कोइरला, माओवादी केन्द्र सुनकोशी गाउँकमिटि इन्चार्ज भेषराज दाहाल, प्रमुख प्रशासकीय अधिकृत अर्जुन दर्जी, सातवटै वडाका वडा अध्यक्षहरु, कार्यपालिका तथा वडा सदस्यहरु, शिक्षक तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।


