Wednesday, October 15, 2025

नेपाल भारतमैत्री संघ जिल्ला कार्यसमिति सिन्धुलीद्धारा जिल्लाका बाढी प्रभावितहरुको लागि राहत हस्तान्तरण

सिन्धुली– नेपाल भारतमैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीले सुनकोशी गाउँपालिका र गोेलन्जोर गाउँपालिका का बाढी पिडित परिवारहरुको लागि राहत हस्तान्तरण गरेको छ । नेपाल भारत मैत्री संघ जिल्ला कार्य समिति सिन्धुलीले मित्रराष्ट्र भारतको ७४ औँ गणतन्त्र दिबसको अवसरमा गएको असोज ११ र १२ गते गएको बाढी पहिरोले प्रभावित बनेका सुनकोशी र गोलन्जोर गाउँपालिकाका पिडित परिवारहरुको लागि सम्बन्धीत पालिकालाई राहत हस्तान्तरण गरेको हो ।

आइतबार एक कार्यक्रमका बिच सुनकोशी गाउँपालिकाका बाढीबाट प्रभावित पिडित परिवारहरुको लागि २ सय बोरा चामल र २ सय ८१ थान कम्बल यस्तै गोलन्जोर गाउँपालिका बाढीबाट प्रभावित पिडित परिवारहरुको लागि २५ के.जी.को चामल १ सय बोरा र १ सय ९७ थान कम्बल गाउँपालिकालाई प्रदान गरिएको छ ।

नेपाल भारत मैत्री संघ केन्द्रिय कार्यलय काठमाण्डौँका पदाधिकारीहरु, गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरु, स्थानिय नागरिकहरु लगायतकोे उपस्थितिमा राहत हस्तान्तरण गरिएको छ ।

Hot Topics

Related Articles