Monday, March 17, 2025

२७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सिन्धुलीमाढीमा प्रभातफेरी ¥याली

सिन्धुली– २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा सिन्धुलीमाढीमा प्रभातफेरी तथा सचेतनामुलक कार्यक्रम गरिएको छ । “भूकम्पले सिकाएको पाठ ः बलियो संरचना र सुदृढ पूर्व तयारीका साथ” भन्ने मुल नाराका साथ सिन्धुलीमा प्रभातफेरी ¥याली सहित २७ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइएको हो ।

सहरी बिकास तथा भवन कार्यलयको समन्वय तथा जिल्ला प्रशासन कार्यलय सिन्धुलीको आयोजनामा सिन्धुलीमाढी २ नम्बर बजार स्थित रेडक्रस भवनबाट ¥याली सुरु गरिएको हो । प्रभातफेरी ¥याली गैरी बजार, १ नम्बर बजार, स्टल बजार हुँदै कमलामाई नगरपालिका कार्यलय अगाडि लोकतान्त्रिक चोकमा पुगी कोणसभामा परिणत भएको थियो ।

वि.सं. १९९० माघ २ गते गएको विनाशकारी भूकम्पबाट पाठ सिकि सुरक्षित आवास र पछि आउन सक्ने सम्भावित भूकम्पीय जोखि न्यूनिकरण का साथै सामाजिक सचेतना बढाउने उद्देश्यका साथ हरेक वर्ष भूकम्प सुरक्षा दिवस मनाइँदै आइएको छ ।

spot_img

Hot Topics

Related Articles