Tuesday, November 18, 2025

हरिहरपुरगढीमा २० औँ गाउँ सभाको हिउँदे अघिवेशन सम्पन्न

सिन्धुली– सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा गाउँ कार्यपालिकाको २० औँ गाउँ सभाको हिउँदे अघिवेशन सम्पन्न भएको छ ।

२० औँ गाउँ सभाको हिउँदे अधिवेशन गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाको अध्यक्षता तथा गाउँपालिका उपाध्यक्ष चेख बहादुर थिङ, प्रमुख प्रशासकीय अधिकृत दिपेन्द्र कुमार पैकरा र ८ वटै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य तथा गाउँपालिका सदस्यहरुको उपस्थितिमा सम्पन्न भएको हो ।

गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले अधिवेशनको सुरुवात मै गाउँपालिकाको कार्यलयको २० औँ गाउँ सभाको हिउँदे अधिवेशन सुभारम्भ भएको घोषणा गर्नुभएको थियो ।

हरिहरपुरगढी गाउँपालिका अध्यक्ष बज्रध्वज वाईबाले बजेट खर्च विवरण, विकासको अबस्था, राजस्व संकलन, कार्यक्रमको उपलब्धि, गुनासो र समस्याका बारेमा प्रस्ट्याउनु भएको थियो । स्थानिय सरकार सञ्चालन ऐन २०७४ को विधि र पद्धतीलाई स्थापित गरेर लैजान सकियो भने सकारात्मक प्रभाव पर्ने गाउँपालिका उपाध्यक्ष चेख बहादुर थिङ्ले बताउनुभयो ।

गाउँ सभामा पारित प्रस्तावहरुमा स्वास्थ्य चौकीलाई एम्बुलेन्स हस्तान्तरण गर्ने, पोस्टमार्टम सेवा सञ्चालन गर्ने, नदी उकास जमिनहरुमा कृषि फार्म सञ्चालनका लागि अनुमति दिने, मासु प्रसोधन कारखानाका स्थापनाका लागि नदी उकास जग्गा उपयोग गर्न दिने, इलाका प्रहरी कार्यलयको माग गर्ने, सरसफाई कर्मीको सुविधा थप गर्ने लगायत विषयबस्तुहरु रहेका छन् । साथै कर्मचारिको तलबी प्रतिवेदन, गाउँप्रहरीको रासनभत्ता , संघ तथा प्रदेश सरकार समक्ष पेश गर्ने योजनाहरु, योजना संसोधन तथा रकामान्तरका साथै विभिन्न ऐन नियम पारित गरिएको छ ।

Hot Topics

Related Articles