सिन्धुलीको हरिहरपुरगढी गाउँपालिकामा हाडजोर्नी तथा नसा सम्बन्धी एकदिने निशुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

अनुग्रह सामुदायिक विकास नेपाल (जिसिडीयनं) को आयोजनामा गाउँपालिकाको वडा नम्बर ५ स्थित बोटेनीमा हाडजोर्नी तथा नसा सम्बन्धि समस्या भएका व्यक्तिहरुको लागि निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिएको हो ।

एकदिने निशुल्क स्वास्थ्य शिविरबाट गाउँपालिकाको १ सय ६० जना भन्दा बढी हाडजोर्नी, नसा तथा बाथरोग भएका बिरामीहरु लाभान्वित भएका छन् । शिविर सिङ्गापुरका डाक्टर योनकान होन को नेतृत्वमा सञ्चालन गरिएको थियो ।