Monday, March 17, 2025

सिन्धुलीमा बुबाको कुटाइबाट गयो छोराको ज्यान

सिन्धुली – सिन्धुलीमा बुबाको कुटाइबाट छोराको ज्यान गएको छ । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर ३ चपराडाँडा निवासि ४९ वर्षीय माईला भनिने लिला बहादुर पुर्कोटी सार्कीको आफ्नै बुबाको कुटाइबाट ज्यान गएको हो ।

घरायसी विवादको कारण शनिबार राति ८ः४५ बजेको समयमा निजका बुबा अन्दाजी ७६ वर्षीय डोमान सिंह सार्कीले आफ्नै छोरालाई फलामको गलले टाउको र ढाँडमा प्रहार गरि घाईते बनाएका थिए । घाइते भएका छोराको हेटौंडा अस्पताल हेटौडामा उपचारको क्रममा मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यलय हेटौंडाले जनाएको छ ।

कुटपिटमा संलग्न बाबुलाई प्रहरीले गल र कोदालो सहित नियन्त्रणमा लिई आवश्यक कारबाहि अगाडि बढाएको प्रहरीले जनाएको छ । मृत शरिरलाई पोष्टमार्टम पश्चात् मृतकको आमालाई जिम्मा लगाइएको प्रहरीले जानकारी दिएको छ ।  

spot_img

Hot Topics

Related Articles