Friday, April 25, 2025

सिन्धुलीमा बिहिबार माइक्रोबस दुर्घटनाः एकको मृत्यु, १२ घाइते

सिन्धुली– सिन्धुलीमा बिहिबार माइक्रोबस दुर्घटना हुदाँ एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् । बीपि राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउँपालिका वडा नम्बर ६ स्थित कानढुंग्रेमा काठमाडौँबाट जनकपुर तर्फ आउँदै गरेको बा ३ ख ८४४५ नम्बरको माइक्रोबस दुर्घटना हुदाँ धनुषाको जनकपुर उपमहानगरपालिका वडा नम्बर १० का ५० वर्षीय निर्मल गुप्ताको मृत्यु भएको हो ।

दुर्घटना परि गम्भिर घाइते भएका गुप्ताको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले नायब उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो । बिहिबार साझँ साढे ५ बजेको समयमा पछाडिको टायर पञ्चर भई डिभाईडरमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा घाईते भएका १२ जनाको अहिले विभिन्न अस्पतालमा उपचार भईरहेको छ ।

दुर्घटना तत्कालै गाडि चालक ३२ वर्षीय सञ्जय कुमार महत्तोलाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

spot_img

Hot Topics

Related Articles