Saturday, June 14, 2025

सिन्धुलीमा गाडी दुर्घटना ः  एक को मृत्यु, दुई घाइते

सिन्धुली– सिन्धुलीमा पिकअप गाडी दुर्घटना हुदाँ एक को मृत्यु भएको छ भने दुईजना घाईते भएका छन् । जिल्लाको हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ जखौलीमा आइतबार साझँ ७ः४० बजेको समयमा पिकअप गाडी आफै अनियन्त्रित भई दुर्घटना भएको हो ।

गाउँपालिकाकोे वडा नम्बर २ जखौलीको भित्री सडक–खण्डमा श्रीपुरबाट जखौली तर्फ जाँदै गरेको ना ३ च ५९७६ नम्बरको मार्वल लोड गरेको गाडी ओरालोमा बे्रक नलाग्दा सडकबाट ६÷७ मिटर तल झरेर दुर्घटना भएको थियो । दुर्घटनामा परि गम्भिर घाईते भएका गाडीमा सवार हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ जखौलीका २० वर्षीय कैलाश राईको उपचारको क्रममा ९ः४० बजेको समयमा चुरेहिल अस्पताल हेटौँडामा मृत्यु भएको प्रहरीले जनाएको छ ।

त्यस्तै समान्य घाइते भएका गाडी चालक सर्लाही जिल्ला बागमती नगरपालिका वडा नम्बर ११ बस्ने ३९ वर्षीय जगमोहन राउतलाई प्रहरीले नियन्त्रणमा लिएको बागमती प्रदेश प्रहरी कार्यलयले जनाएको छ । दुर्घटनामा परि घाइते भएका गाडीमा सवार हरिहरपुरगढी गाउँपालिका वडा नम्बर २ जखौलीका २२ वर्षीय अनिस राई र २१ वर्षीय अविशेक राई उपचार पश्चात् डिस्चार्ज भएको प्रहरीले जानकारी दिएको छ ।

उक्त पिकअप गाडीमा जम्मा ७ जना सवार रहेको थिए ।

spot_img

Hot Topics

Related Articles