Tuesday, December 16, 2025

मौसमी फ्लुबाट कसरी सुरक्षित रहने ?

काठमाडौँ। जाडो मौसममा इन्फ्लुएन्जा अर्थात् मौसमी फ्लुले धेरै दुःख दिने गर्छ।  यो इन्फ्लुएन्जा भाइरसका कारणले लाग्ने सङ्क्रामक रोग हो । 

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुन यो भाइरस जाडो महिना बढी सक्रिय हुने बताउनुहुन्छ। उहाँका अनुसार फ्लु  ‘ए’, ‘बी’,‘सी’, ‘डी’ गरी चार प्रकारका हुन्छन्। फ्लु सबै उमेर समूहलाई हुने भए पनि दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता भएका बढी जोखिममा हुने डा. पुन बताउनुहुन्छ। 

डा. पुनका अनुसार ज्वरो आउनु, टाउको दुख्नु, जिउ र मांसपेशी दुख्नु, खोकी लाग्नु र घाँटी दुख्नु, नाक बन्द हुनु वा सिँगान बग्नु, थकान महसुस हुनु यसका प्रमुख लक्षण हुन्। फ्लु भएका सबैलाई ज्वरो नआउन पनि सक्ने डा.पुन बताउनुहुन्छ । उहाँका अनुसार फ्लु भएका व्यक्तिले बोल्दा, खोक्दा, हाच्छिउँ गर्दा निस्किएका छिटा नजिकको व्यक्तिको नाक वा मुखमा परेमा भाइरस एक व्यक्तिबाट अर्कोमा सर्न सक्छ।फ्लुलाई हेलचेक्राइँ गर्दा निमोनिया हुनसक्ने डा. पुन बताउनुहुन्छ। फ्लु भएका अधिकांश व्यक्तिलाई औषधी आवश्यक नपर्ने डा.पुनको भनाइ छ। 

दीर्घरोगी, गर्भवती, वृद्धवृद्धा तथा रोग प्रतिरोधात्मक क्षमता कम भएकालाई फ्लुले धेरै असर गर्ने र अवस्था जटिल बनाउने भएकाले यस्तो व्यक्तिलाई फ्लुको समस्या भएमा चिकित्सकको परामर्श लिन उहाँले आग्रह गर्नुभयो। यस्ता व्यक्तिलाई रोगबाट हुने जोखिमलाई कम गर्न यो विरुद्धको खोप लगाउन उहाँको सुझाव छ।  

Hot Topics

Related Articles