सिन्धुली– सिन्धुलीमा हिडिरहेको बेला बाटोबाट लडेर खोल्सामा झर्दा एकजनाको मृत्यु भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका वडा नम्बर ४ मादेउटारका ५६ वर्षीय रामलाल घलानको लडेर मृत्यु भएको हो ।

शुक्रबार सुनकोशी गाउँपालिका वडा नम्बर ४ को वडाकार्यलय पुगेर घरतर्फ फर्कने क्रममा घरबाट पश्चिम पर्ने सिउडीबास चिहानडाँडा स्थित बाटोबाट राती ८ः०० बजेको समयमा अन्दाजी ५०० मिटर तल खोल्सामा खसि घलानको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।