Monday, March 17, 2025

बचत सहकारी मै गर्नुपर्छ – कमलामाई नगरपालिका सहकारी शाखा प्रमुख मुकेश तामाङ

आस्था विश्वकर्मा/ सिन्धुली
सिन्धुली – बचत सहकारी मै जम्मा गर्न सदस्यहरुलाई कमलामाई नगरपालिका सहकारी शाखा प्रमुख मुकेश तामाङले आग्रह गर्नु भएको छ ।
सहकार्य बचत तथा ऋण सहकारी संस्था लि. कमलामाई नगरपालिका ६ सिन्धुलीको एघारौँ बार्षिक साधारण सभाको अवसरमा शनिबार सो बताउनु भएको हो ।


ऋण लिन मात्र सहकारी हैन अब सबै बचत सहकारी मै ठुक्क भएर गर्दा केहि डराउनु नपर्ने तामाङले विश्वास दिनुभयो । कमलामाई नगरपालिकाले आफ्नो कार्य क्षेत्र भित्रका सबै सहकारीलाई नजिकबाट निगरानी र अनुगमन गरेकाले ढुक्क रहन आग्रह गर्नु भयो ।


सहकारीको एघारौँ बार्षिक साधारण सभाको अवसरमा संस्थाका प्रबन्धक जिवि श्रेष्ठले आर्थिक बर्ष ०८०÷८१ को आय ब्याय विवरण प्रस्तुत गर्नुभएको थियो । संस्थाले गत बर्ष एक करोड पैतिस लाख छैसठि हजार नौ सय पचपन्ह रुपैयाँ पैतिस पैषा आम्दानी गरेको छ । सबै खर्च कटाएर सहकारीले तेह्र लाख नाफा कमाएको छ । त्यस्तै संस्थाको वासलत नौ करोड रहेको संस्थाका प्रबन्धक जिवि श्रेष्ठले जानकारी दिनुभयो ।


सहकारीमा नियमित बचत र लिएको ऋणको सावा ब्याज समयमा नै भुक्तानी गरेमात्र संस्था बलियो हुने सहकारीका अध्यक्ष महेन्द्र देब श्रेष्ठले बताउनु भयो । एघारौँ बार्षिक साधारण सभाको अवसरमा विभिन्न विधामा शेयर सदस्यहरुलाई सम्मान समेत गरिएको थियो । कार्यक्रम सहकारीका अध्यक्ष महेन्द्रदेब श्रेष्ठको अध्यक्षता र कमलामाई नगरपालिका सिन्धुलीका सहकारी शाखा प्रमुख मुकेश तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

spot_img

Hot Topics

Related Articles