Saturday, June 14, 2025

फोनिज जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा पुनः गुरुङ चयन

सिन्धुली– नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा सिन्धुलीको अध्यक्षमा पुनः रोहित कुमार गुरुङ चयन हुनुभएको छ । आज सम्पन्न नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा सिन्धुलीको सातौँ साधारण सभा तथा पाचौँ जिल्ला अधिवेशनमा पुन रोहित गुरुङको अध्यक्षतामा १३ जनाको कार्यसमिति चयन गरिएको हो ।

त्यस्तै फोनिज जिल्ला शाखा सिन्धुलीको उपाध्यक्षमा कमल सरला सुनुवार, सचिबमा कल्पना भुजेल, सह–सचिबमा संगिता डिम्दोङ, कोषाध्यक्षमा जिवी श्रेष्ठ चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा पुनम सुनुवार, गोमा श्रेष्ठ, विमला रजन मगर, गुणमाया मगर, आदित्य लामा, राजकुमार श्रेष्ठ, कृष्ण कुमारी श्रेष्ठ, नानुका तामाङ चयन हुनुभएको छ ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) जिल्ला शाखा सिन्धुलीका अध्यक्ष रोहित कुमार गुरुङको अध्यक्षता तथा बागमती प्रदेशका पुर्व कानुन मन्त्री तथा बागमती प्रदेश सभा सदस्य गंगा नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सातौँ साधारण सभा तथा पाचौँ अधिवेशन सम्पन्न गरिएको हो ।

फोनिज सिन्धुलीको सातौँ साधारण सभा तथा पाचौँ अधिवेशनमा बोल्नु हुदै बागमती प्रदेशका पुर्व कानुन मन्त्री तथा बागमती प्रदेश सभा सदस्य गंगा नारायण श्रेष्ठले पत्रकारहरुलाई संचार माध्यमबाट नागरिकहरुलाई सुसुचित गराउन आग्रह गर्नुभयो । अहिले विज्ञान र प्रविधिको समय भएको हुदाँ मिसन पत्रकारिता गर्न जरुरी रहेको बताउनु भयो । उहाँले फोनिज सिन्धुलीमा आबद्ध पत्रकारहरुलाई जनजातिका मुद्धाहरु उठान गर्नुपर्ने बताउनुभयो ।

कार्यक्रममा आदिवासी जनजाति महासंघ सिन्धुलीका अध्यक्ष तुला गुरुङ, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष विमला पाण्डे, नेपाल प्रेस युनियन सिन्धुलीका अध्यक्ष बरुण लामिछाने, प्रेस चौतरी नेपाल सिन्धुलीका अध्यक्ष बिनय दाहाल, प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष बुद्ध नेपाली लगायत विभिन्न संचार माध्यममा आबद्ध संचारकर्मीहरुको उपस्थिति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles