सिन्धुली– प्रेस सेन्टर नेपाल सिन्धुलीको अध्यक्षमा बुद्ध नेपाली चयन हुनुभएको छ । आज सिन्धुलीमाढीमा सम्पन्न प्रेस सेन्टर नेपाल सिन्धुलीको आठौ साधारण सभा तथा पाचौँ जिल्ला अधिवेशनमा बुद्ध नेपालीको अध्यक्षतामा १३ जनाको कार्यसमिति चयन गरिएको हो ।

प्रेस सेन्टरको उपाध्यक्षहरुमा संगिता डिम्दोङ तामाङ र प्रतिमा दियाली, सचिबमा मनोज दाहाल, सह–सचिबहरुमा महेश ठटाल र बिर्ख वाइबा, कोषाध्यमा बिसाल सतसंकर चयन हुनुभएको छ । त्यस्तै सदस्यहरुमा आस्था विश्वकर्मा, उर्मिला दियाली, मोतीलाल गोले, कविराज तामाङ, पवित्रा कुमारी श्रेष्ठ चयन हुनु भएको छ ।

प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) को प्रमुख आतिथ्यतामा प्रेस सेन्टर नेपाल सिन्धुलीको आठौ साधारण सभा तथा पाचौँ जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।
साधारण सभा तथा अधिवेशन कार्यक्रममा शुभकामना दिनुहुदै प्रतिनिधिसभा सदस्य लेखनाथ दाहाल (राजन) ले सुशासन संग जोडिएर पत्रकारिता गर्न आग्रह गर्नु भयो । उहाँले पत्रकारहरुले स्वतन्त्र रुपमा पत्रकारिता गरि गलतको विरुद्धमा दृढता पुर्वक लड्ने र आफ्नो क्षमतालाई अभिवृद्धि गर्दै आत्मा निर्भर र अब्बल बन्नुपर्ने बताउनुभयो ।

प्रेस सेन्टर नेपाल बागमती प्रदेशका महासचिब धुव्र अधिकारीले पत्रकारहरुले निवास्र्थ पूर्वक सहि र गलत छुट्याउएर लेख्छन् भन्ने भाष्यलाई निर्माण गर्नुपर्ने बताउनुभयो । ठुलो संगठन निर्माण गर्नेभन्दा पनि निस्वार्थ रुपमा लेख्ने पत्रकार बन्नुपर्ने महासचिब अधिकारीले बताउनुभयो ।
त्यस्तै पत्रकारितामा राजनितिक तथा दलिय हस्तक्षप हुनुनहुने नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष विमला पाण्डेले बताउनुभयो । उहाँले पत्रकारितामा पाइला टेकेका नयाँ पुस्ताहरुको क्षमता अभिवृद्धि गराउने र स्वतन्त्र पुर्वक पत्रकारिता गर्नलाई सिकाउन तर्फ ध्यान दिनुपर्ने बताउनुभयो ।

साधारण सभा तथा अधिवेशन कार्यक्रममा प्रेस सेन्टर नेपाल सिन्धुलीका अध्यक्ष नविन श्रेष्ठ, प्रतिनिधि सभा सदस्य लेखनाथ दाहाल (राजन), प्रेस सेन्टर नेपाल केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मीनकुमार दाहाल, प्रेस सेन्टर नेपाल बागमती प्रदेश महासचिब धुव्र अधिकारी, नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष विमला पाण्डे, नेपाल पत्रकार महासंघ बागमती प्रदेश निवर्तमान सचिब राजन गाउँले, प्रेस यूनियन, प्रेस चौतारीका अध्यक्ष लगायत जिल्लाका विभिन्न संस्थामा तथा संगठनमा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो ।