Friday, May 16, 2025

नेवा ः दय दवू सिन्धुलीको अध्यक्षमा पुनः राजकुमार श्रेष्ठ चयन

सिन्धुली – नेवा ः दय दवू सिन्धुलीको अध्यक्षमा पुनः राजकुमार श्रेष्ठ सर्वसहमत चयन हुनु भएको छ । सिन्धुलीमाढीमा बुधबार उट्घाटन गरिएको नेवा ः दय दवू सिन्धुलीको दोस्रो अधिवेशनले विहिबार पुनः राजकुमार श्रेष्ठको अध्यक्षतामा २९ जनाको नयाँ कार्यसमिति गठन गरेको हो ।

 जसमा वरिष्ठ उपाध्यक्षमा शुशिला श्रेष्ठ, खुल्ला उपाध्यक्षमा राजेन्द्र कुमार श्रेष्ठ, महिला उपाध्यक्षमा दुर्गा लक्ष्मी श्रेष्ठ, सचिव (खुल्ला) मा समिर श्रेष्ठ, महिला सचिवमा रेजिना श्रेष्ठ र कोषाध्यक्षमा पदम श्रेष्ठ चयन हुनु भएको छ ।

त्यस्तै सदस्यहरुमा सुब्बा श्रेष्ठ, दुर्गा बहादुर श्रेष्ठ, चन्द्रलाल श्रेष्ठ, हरिप्रसाद श्रेष्ठ, फणिन्द्र बहादुर श्रेष्ठ, हरिलाल श्रेष्ठ, सिता श्रेष्ठ, हरि कुमार श्रेष्ठ, लाल बहादुर श्रेष्ठ, रामशरण श्रेष्ठ, गोपाल बहादुर श्रेष्ठ, भानुभक्त श्रेष्ठ, विष्णु कुमार कर्माचार्य, विनोद कुमार श्रेष्ठ, चित्र बहादुर श्रेष्ठ, दिपेश श्रेष्ठ, मुना श्रेष्ठ, राजेन्द्र कुमार श्रेष्ठ, इन्द्र बहादुर श्रेष्ठ, खड्ग बहादुर श्रेष्ठ, भक्तनारायण श्रेष्ठ र इन्द्र बहादुर श्रेष्ठ चयन भएका छन् ।

बुधबार गरिएको दोस्रो अधिवेशनको उट्घाटनमा नेवा ः दय दवू सिन्धुलीका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षता तथा नेवा ः दय दवूको केन्द्रिय उपाध्यक्ष शान्त श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो । नेवा ः दय दवू सिन्धुलीले नेवारी झाँकी तथा ¥याली सहित सिन्धुलीमाढी बजार परिक्रमा गरि एक अर्कामा शुभकामना व्यक्त गदै नेवा ः दय दवू सिन्धुलीको दोस्रो अधिवेशन सफल बनाएको छ ।

spot_img

Hot Topics

Related Articles