Tuesday, November 18, 2025

नेपाली महिला फुटबल टोलीले घरेलु मैदानमा ‘फोर नेशन्स कप’ खेल्ने

काठमाण्डाै – नेपाली राष्ट्रिय महिला फुटबल टोलीले घरेलु मैदानमा चार वटा देश सहभागी ‘फोर नेशन्स कप’ खेल्ने भएको छ ।

‘फोर नेशन्स कप’ आउँदो फेब्रुअरी १७ देखि २६ तारिखसम्म काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । प्रतियोगितामा नेपालसहित किर्गिस्तान, लेबनान र म्यानमार रहेका छन् ।

यो प्रतियोगिता फेब्रुअरीको फिफा अन्तर्राष्ट्रिय खेल ‘विन्डो’ मा हुन लागेको एन्फाले जनाएको छ ।

Hot Topics

Related Articles