सिन्धुली – जंगलमा दाउरा काट्न जाने क्रममा चिप्लेर लढ्दा सिन्धुलीमा एकजना घाइते भएका छन् । सिन्धुलीको मरिण गाउँपालिका वडा नम्बर ३ मथौलीका ४२ वर्षीय कुल बहादुर श्रेष्ठ सोमबार बिहान दाउरा काट्न जगंल जादै गर्दा बाटोमा चिप्लेर लडी घाईते भएका हुन् ।

घर नजिकैको भालुखोलामा सामुदायिक वनमा दाउरा काट्न गएका श्रेष्ठको गाला र ढाडमा चोट लागेको प्रहरीले जनाएको छ । उनी लडेपछि संगै गएका कान्छा छोरा निर्मल श्रेष्ठले घरमा फोन गरि खबर दिएका थिए ।

खबर पाए तत्कालै परिवार तथा स्थानिय गई घाइतेलाई उद्धार गरि सिन्धुली अस्पतालमा ल्याइ उपचार भईरहेको प्रहरीले जनाएको छ ।