Tuesday, November 18, 2025

गोलञ्जोरमा तिन वटा सामुदायिक स्वास्थ्य केन्द्र भवन निर्माण हुने

सिन्धुली– सिन्धुलीको गोलञ्जोर गाउँपालिकामा तिन वटा सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिने भएको छ । ब्याक टु लाइफ इभि जर्मनको सहयोगमा जिल्लाको गोलञ्जोर गाउँपालिका वडा नम्बर ६ घोक्सिला, वडा नम्बर ४ तीनकन्याको किराँते र माझकुविण्डेमा सुविधा सम्पन्न सामुदायिक स्वास्थ्य केन्द्रको भवन निर्माण गरिने भएको होे ।

ब्याक टु लाइफ इभि जर्मनी नामक अन्तराष्ट्रिय गैरसरकारी संस्थाको ४ करोड ७१ लाख, ९८ हजार २ सय ३३ रुपैँया ४६ पैसा लागत सहयोगमा गाउँपालिकाको विभिन्न स्थानमा सुविधा सम्पन्न सामुदायिक स्वास्थ्य केन्द्र भवनको निर्माण कार्य सुरु गरिएको छ । गोलञ्जोर गाउँपालिका अध्यक्ष शंकराज बराल तथा ब्याक टु लाइफका  निर्देशक अच्युत प्रसाद पौडेलले निर्माण हुन लागेका तिन वटै भवनको संयुक्त रुपमा शिलान्यास गर्नुभएको छ ।

सामुदायिक स्वास्थ्य केन्द्रमा आकास्मिक कक्ष, उपचार कक्ष, चिकित्सक कक्ष, औषधि कक्ष, प्रसुती कक्ष, पूर्व प्रसुति कक्ष, दर्ता कक्ष र बहुउपयोगी कक्ष रहेने छन् । नेपाल सरकारले तोकेको स्वास्थ्य केन्द्र भवनको मापदण्ड अनुसार डिजाइन गरिएको ब्याक टु लाइफको स्थानिय साझेदार संस्था समुदाय पद्धति विकास सेवा (सिएसडिएस) सिन्धुलीका ओभरसिएर करण कार्कीले बताउनुभयो ।

 स्वास्थ्य केन्द्र भवनको निर्माण कार्य १२ महिना भित्र सम्पन्न गर्ने गरि वेदालय कन्ट्रक्सन भक्तपुरले ठेक्का लिएको ब्याक टु लाइफका म्यानेजर अनुप पौडेलले जानकारी दिनुभयो ।

Hot Topics

Related Articles