सिन्धुली– सिन्धुलीमा करिब १ करोड मुल्य बराबरको सुन तथा विभिन्न प्रकारका धातु साथै गरगहना सहित एकजना पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार बिहान १० बजेको समयमा सिन्धुलीको भिमान चेक पोष्टमा खटिएका प्रहरी टोलीेले बर्दिबास देखि काठमाडौँ तर्फ आउदै गरेको बा ४ ख ५५४० नम्बरको फोर्स गाडीमा अबैध रुपमा उक्त समान लुकाइछुपाई बोकेर हिड्ने व्यक्तिलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा पर्सा जिल्ला पोखरीया नगरपालिका वडा नम्बर ८ जगतपुरका ४८ वर्षीय विक्रम साह रहेका छन् । उनका साथबाट कालो रंगको झोलामा रातो कपडा भित्र अबैध रुपमा रातोकालो टेपले बेरेर ल्याइएकोे अवस्थामा ४१ दशमलव ३५ तोला काँचो सुन सहित विभिन्न धातु तथा गहना बरामद गरिएको प्रहरी नायब उपरिक्षक अनिल कुमार खड्काले जानकारी दिनुभयो । उक्त धातुको मुल्य ६४ लाख ६१ हजार ९८२ रुपैयाँ पर्ने खड्काले उल्लेख गर्नुभयो ।

त्यस्तै कुनै पनि विलविजक नभएको औँठी ७३ थान, नेक्लेस १ थान, झुम्का÷टप ६ थान, मंगलसुत्र ५ थान, बाला १ थान, कागजको सानो सानो पोकामा हिरा जस्तो देखिने सेतो टल्किने पत्थर १२ थान, भिभो मोबाइल १ थान साथै १९ हजार नगद समेत नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार बरामद भएका सम्पुर्ण सामन सहित साहलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भईरहेको छ ।

