सिन्धुली – सिन्धुली जिल्लाको १४ हजार ६ सय २२ जना किशोरी तथा महिलाहरूलाई एचपीभी खोप लगाइने भएको छ । नेपाल सरकारले देशव्यापी रुपमा यही माघ २२ गते बाट सञ्चालन गर्न लागेको पाठेघरको मुखको क्यान्सर विरुद्धको ‘ह्युमन प्यापिलोमा भाइरस’(एचपिभि) खोप जिल्लाका १४ हजार ६ सय २२ जना किशोरी तथा महिलाहरूलाई लगाउन थालिएको हो ।

सोमबार एक कार्यक्रमका विच जनस्वास्थ्य कार्यलयका खोप निरिक्षक पुष्पराज पन्तले सिन्धुलीका ९ वटा स्थानीय तहका विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका १४ हजार ५ सय ५ र विद्यालय बाहिर रहेका १० देखि १४ बर्षका १ सय १७ गरेर १४ हजार ६ सय २२ जना किशोरीलाई खोप लगाउने लक्ष्य रहेको बताउनु भएको छ ।

कमलामाई नगरपालिकाका कक्षा ६ देखी १० सम्मका ३ हजार ६ सय १७ जना र विद्यालय बाहिर रहेका ४ जना, दुधौली नगरपालिकाका कक्षा ६ देखि १० सम्मका २ हजार ९ सय ५९ र विद्यालय बाहिर रहेका ३२ जना, मरिण गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ४ सय ४४ जना, हरिहरपुरगढी गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका ९ सय ७७ जना र विद्यालय बाहिरका २९ जना, तीनपाटन गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ५ सय ४५ जना र विद्यालय बाहिर रहेका १० जना किशोरीहरुलाई खोप लगाईने जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै सुनकोसी गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ४५, गोलन्जोर गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका १ हजार ८२ र विद्यालय बाहिर रहेका ३ जना, फिक्कल गाउँपालिकाका कक्षा ६ देखी १० सम्मका १ हजार १ सय ११ जना, घ्याङलेख गाउँपालिकाका कक्षा ६ देखि १० सम्मका ६ सय ९२ जना र विद्यालय बाहिर रहेका ३७ जना किशोरीहरुलाई एचपीभी खोप लगाइने भएको छ ।

जिल्ला भरी खोप लगाउनका लागि २ सय २३ जना स्वास्थ्यकर्मी र ४ सय ६२ स्वयमसेवक परिचालन गरिएको छ भने ३ सय ३ खोप केन्द्र निर्धारण गरिएको जिल्ला जनस्वास्थ्य कार्यालयले जनाएको छ । एचपीभी खोप अभियानमा विद्यालयमा अध्ययनरत सबैभन्दा धेरै कमलामाई नगरपालिकाका ३ हजार ६ सय १७ र सबैभन्दा न्यून घ्याङ्लेख गाउँपालिकाका ६ सय ९२ जना किशोरीहरुले खोप लगाउने छन् ।

एचपीभी खोप अभियान देशको ७७ वटै जिल्लामा माघ २२ गते देखि २८ गते सम्म सञ्चालन हुने छ ।

