Monday, March 17, 2025

सिन्धुलीमा सविन राई एण्ड द प्यारोज ब्याण्डले प्रस्तुती दिने

सिन्धुलीमा – सिन्धुलीमा पहिलो चोटी सविन राई एण्ड द प्यारोज ब्याण्डले प्रस्तुती दिने भएको छ । ब्रदर हुड इभेन्ट सिन्धुलीले माघे संक्रन्ती पर्वको अवसरमा आयोजना गर्न लागेको माघेसंक्रान्ती म्युजिकल कन्सर्ट २०८१ मा सो ब्याण्डले सिन्धुलीको खुल्ला मन्चमा कन्सर्ट गर्न लागेको हो ।


कन्सर्ट हेर्नको लागि टिकेट धमाधम विक्री भईरहेको ब्रदर हुड इभेन्ट सिन्धुलीका प्रबन्ध निर्देशक अश्वीन जंग थापाले जानकारी दिनुभयो । कन्सर्ट हेर्नको लागि नर्मल टिकेट तीन सय उनन्सय र भिआईपि टिकेट सात सय उनान्सय पर्नेछ । सोहि टिकेट पौष विस गते पछि लिनु भयो भने नर्मललाई पाँच सय र भिआईपि टिकेटलाई एक हजार पर्ने छ ।


माघे संक्रन्ती पर्वको अवसरमा आयोजना गर्न लागेको माघेसंक्रान्ती म्युजिकल कन्सर्ट २०८१ सविन राई एण्ड द प्यारोज ब्याण्डको प्रस्तुती सँगै स्थानिय ब्याण्ड , स्थानिय कलाकारहरुको पनि विशेष प्रस्तुती रहने छ ।

ब्रदर हुड इभेन्टले सिन्धुलीको खुल्ला मान्चमा आयोजना गरेको माघेसंक्रान्ती म्युजिकल कन्सर्ट २०८१ माघ १ गते अपरान्ह ४ बजेबाट सुरु हुने प्रबन्ध निर्देशक अश्वीन जंग थापाले जानकारी दिनुभयो । इभेन्टको होष्टको रुपमा जिवि श्रेष्ठ र प्रिन्स राज रहने छन् । सिन्धुलीमा पहिलो चोटि हुन लागेको सविन राई एण्ड द प्यारोज ब्याण्डले प्रस्तुती हेर्न दर्शकहरु उत्साहित छन् ।

spot_img

Hot Topics

Related Articles