सिन्धुली – सिन्धुलीमा कारको ठक्करबाट एक बालिका घाईते भएकी छिन् । मदन भण्डारी राजमार्ग अन्तर्गत सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका ३ बनौलीमा कारले ठक्कर दिदाँ ५ वर्षिय बालिका घाईते भएकी हुन् ।

हेटौडा यातायाता व्यवस्था कार्यलयका प्रमुख पुष्कर पोख्रेलले चलाएको बा १६ च ९० नम्बरको कारले बाटो क्रस गर्दै गरेकी स्थानिय अनिसा राईलाई ठक्कर दिदाँ टाउकोमा चोट लागी घाइते भएकी हुन् । घाइते बालिकालाई उपचारको लागि प्रमुख पोख्रेलको कारमा राखी हेटौडा लगिएको बागमति प्रदेश प्रहरी कार्यलयले जनाएको छ ।

हाल बालिकाको चितवन स्थित पुरानो चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।