सिन्धुली- सिन्धुलीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । सिन्धुलीको दुधौली नगरपालिका ४ बैरा बस्ने ६० वर्षका मल्लु अधिकारीको बिहिबार दिउँसो करेन्ट लागेर मृत्यु भएको हो ।

करेसा बारीमा पानी लगाउन जाने क्रममा कमला खोलामा रहेको सिँचाईको मोटर चलाउदाँ उनी करेन्ट लागेर गम्भिर घाईते भएका थिए ।

गम्भिर घाइते भएका अधिकारीको नेपाल आमा मेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।