Saturday, June 14, 2025

सिन्धुलीमा अध्यक्ष र ब्यवस्थापन प्रमुखको क्षमता अभिवृद्धि तालिम सम्पन्न

सिन्धुली – सिन्धुलीमाढिमा अध्यक्ष र ब्यवस्थापन प्रमुखको लागि सोमबारबाट सुरु भएको क्षमता अभिवृद्धि तालिम मंगलबार सम्पन्न भएको छ ।

सहकारी क्षेत्रको एक मात्र बैँक राष्ट्रिय सहकारी बैँक सिन्धुली शाखाको आयोजनामा सुरु भएको तालिम मंगलबार सम्पन्न भएको हो ।


दुई दिनको तालिमले सहकारीलाई ब्यवस्थीत रुपमा सन्चालन गर्न सहयोग पुग्ने राष्ट्रिय सहकारी बैँक शाखा सिन्धुलीका प्रमुख मिनिता पौडेलले जानकारी दिनुभयो । साथै, सिकेका कुरालाई ब्यवहारमा लागु गर्न पनि पौडेलले आग्रह गर्नुभयो ।


तालिम समापन कार्यक्रमका प्रमुख अतिथि तथा कमलामाई नगरपालिकाका सिन्धुलीका सहकारी शाखा प्रमुख मुकेश तामाङले सिन्धुलीका धेरै जसो सहकारीले कोपोमिस प्रणाली नियमित रुपमा सन्चालन नगरेकाले सन्चालन गर्न आग्रह गर्नुभयो ।

साथै तामाङले यहि पैषामा कोपोमिस तालिमको आयोजना गरिने बताउनु भयो । सहकारीलाई ब्यवस्थीत रुपमा अगाडि बढाउन आफु लागि परेको र सबैले साथ सहयोग दिन पनि आग्रह गर्नुभयो । समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाण पत्र प्रदान गरिएको छ । दुई दिने तालिमको सहजिकरण राष्ट्रिय सहकारी बैँकका तालिम विभागका राजकुमार बरालले गर्नुभएको हो ।

spot_img

Hot Topics

Related Articles