Friday, April 25, 2025

सामाजिक मनोविज्ञानको नाफा–घाटामा एक टिकटकर जोडी

सामाजिक सञ्जालको झरिलो-भरिलो कथामा बेलाबखत यसरी ट्वीस्ट आउँछ कि, त्यसमा एकोहोरिएका प्रयोगकर्तालाई रुनु न हाँस्नु हुन्छ । अनि हिजो जहाँ उनीहरु सद्भाव राख्थे, त्यसैमा गाली बर्साउन थाल्छन् । कसैलाई रातारात ‘आइडल’ बनाएका यही भर्चुअल जमात उसैगरी पत्तासाफ गर्न लागिपर्छन् ।

यति भूमिका बाँधेपछि तपाईंले अनुमान गर्नु नै भयो यो कथाको केन्द्रमा को-को छन् भनेर, खासगरी टिकटक प्रयोगकर्ता हुनुहुन्छ भने । निसन्देह यसको सेरोफेरोमा छन् आयुशसिंह ठकुरी र अलीजेह जमाली । दुवैको साझा चिनारी हो, टिकटकर । त्यही आलोकबाट उनीहरु ‘भाइरल’ भए ।

spot_img

Hot Topics

Related Articles