Monday, March 17, 2025

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन सिन्धलीमाढीमा अन्तरक्रिया

आस्था विश्वकर्मा/सिन्धुली

सिन्धुली – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको अन्तिम दिन सिन्धलीमाढीमा आज जिल्लास्तरीय छलफल तथा अन्तरक्रिया गरिएको छ ।

हामी सबैको प्रतिबद्धता ः लैङ्गिक हिंसा अन्त्यको लागि ऐक्यबद्धता भन्ने राष्ट्रिय नाराका साथ सुरु भएको यस अभियानको १६ औँ अर्थात अन्तिम दिनमा अन्तरक्रिया गरिएको हो ।

जिल्ला समन्वय समितिको आयोजनामा भएको कार्यक्रममा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत जिल्लाका विभिन्न पालिका तथा प्रहरीले सञ्चालन गरेका कार्यक्रम तालिम तथा अन्तरक्रियाको सरोकारवालाहरुका विच प्रस्तुतिकरण गरिएको थियो ।

कार्यक्रममा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाको अध्यक्षता तथा बागमती प्रदेश सभा सदस्य शुष्पा भुजेलको प्रमुख आतिथ्यता रहेको थियो ।


कार्यक्रममा बोल्नुहुदै बागमति प्रदेश सभा सदस्य शुष्पा भुजेलले काहि न काहि हामीले विद्यालस्तरमा सिक्दा लिङ्गको आधारमा गरिने विभेद नै सिकिरहेको र यसलाई न्युनिकरण गर्दै लैङ्गिक रुपमा सबै बराबर रहेको हुदाँ आफ्नो विचारलाई बद्लि अब आउने पिढीलाई फरक ढङ्गले सिकाएर अगाडि बढ्नु पर्ने बताउनुभयो । लैङ्गिक हिंसालाई न्युनिकरण गर्नलाई स्थानिय निकायको पनि महत्वपुर्ण भुमिका रहेको उहाँले बताउनुभयो ।


कति हिंसा त घरबाटै हुने भएको हुदाँ घरबाटै न्युनिकरणको लागि आवाज उठाउनु पर्ने जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख कार्साङ लामाले बताउनुभयो । उहाँले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान अन्तर्गत गरिएका सचेतनामुलक कार्यक्रमहरुले समाजमा हिंसाहुन नदिन अमह भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो ।

त्यस्तै हिंसा विरुद्ध आवाज उठाई सबै आआफ्नो ठाउँबाट एकजुट भएर अगाडि बढ्नुपर्ने जिल्ला समन्वय समिति सिन्धुलीकी उपप्रमुख शान्ता कार्कीले बताउनुभयो । समाजमा चेतना जगाउन स्थानिय स्तरबाट बिभिन्न कार्यक्रमको आयोजना गर्नेुपर्ने उहाँले बताउनुभयो

spot_img

Hot Topics

Related Articles