Friday, April 25, 2025

मोटरसाइकलको ठक्करबाट सिन्धुलीमा एक बालकको मृत्यु

आस्था विश्वकर्मा/ सिन्धुली

सिन्धुलीमा शुक्रबार सवारी दुर्घटनामा परि एक बालकको मृत्यु भएको छ । दुधौली नगरपालिका ९ स्थित कुर्थौलीमा शुक्रबार राती साढे सात बजेको समयमा मोटरसाइकलले ठक्कर दिदाँ बालकको मृत्यु भएको हो ।

मदनभण्डारी राजमार्ग अन्तर्गत भिमान देखि दुधौली तर्फ जादै गरेको मोटरसाइकलले कुर्थौली स्थित बसोबास गर्ने दुखीलाल माझी को ७ वर्षिय छोरा आयुष माझीलाई ठक्कर दिएको थियो । घाइते बालकको दाहिने आँखा माथी चोट लागेको हुदाँ उपचारको लागी बर्दिबास पठाइएको र थप उपचारको लागि काठमाण्डौ स्थित केएसी अस्पताल रिफर गएिकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी नायब उपरिक्षक अनिल खड्काले जानकारी दिनुभयो । ठक्कर पश्चात मोटरसाइलक चालक फरार रहेको र खोजी कार्य तिव्र रुपमा भइरहेको प्रहरी नायब उपरिक्षक खड्काले बताउनुभयो ।

spot_img

Hot Topics

Related Articles