Saturday, June 14, 2025

नगरस्तरीय किशोरी संजालको अध्यक्षमा खड्का सर्वसहमत चयन

आस्था विश्वकर्मा / सिन्धुली

सिन्धुली- सिन्धुलीमा बुधबार नगरस्तरीय किशोरी संजाल पूर्नगठन गरिएको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको आज १० औँ दिनको अबसरमा कमलामाई नगरपालिकाद्धारा आयोजित एक कार्यक्रमका बिच नगरका १४ वटै वडाका सकृय किशोरीहरुको उपस्थीतिमा नगरस्तरीय किशोरी संजालको पूर्नगठन गरिएको हो ।

बुधबार कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोख्रेलको आतिथ्यतामा भएको नगरस्तरीय किशोरी संजाल पूर्नगठन कार्यक्रममा नगरको वडा नम्बर ६ की एन्जेलीना खड्का को अध्यक्षतामा १९ जनाको संजाल गठन गरिएको छ ।


नगरस्तरी किशोरी संजालमा उपाध्यक्षमा वडा नम्बर ५ की सरस्वती श्रेष्ठ, सचिबमा वडा नम्बर ३ की सर्मिला चौलागाई, सहसचिबमा वडा नम्बर ९ की चन्द्रिका शाहा, कोषाध्यक्षमा वडा नम्बर ४ की क्रृसिका बुढाथोकी, सदस्यहरुमा वडा नम्बर ४ की निर्जरा विश्वकर्मा, अन्जना विश्वकर्मा र कुसुम पराजुली, वडा नम्बर ६ की जेनश्री श्रेष्ठ र सकुन्तला भुजेल, त्यस्तै वडा नम्बर ७ की मेनुका खड्का, वडा नम्बर ८ की प्रकृति तामाङ, वडा नम्बर ९ की भीम कुमारी श्रेष्ठ, वडा नम्बर १० की उषा चौहान, वडा नम्बर ११ की सुप्रिया घलान, वडा नम्बर १२ की दिलकुमारी बुढाथोकी, वडा नम्बर १३ की प्रिति दाहाल, र वडा नम्बर १४ की भुमिता परियार रहेका छन् ।


नगरस्तरीय किशोरी संजाल पूर्नगठन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै कमलामाई नगरपालिका प्रमुख उपेन्द्रकुमार पोख्रेलले कमलामाई नगरपालिका सुशासन युक्त तथा हिंसा मुक्त नगर बनाउन किशोरी संजालको अहम भुमिका रहोस् भनी नवगठन किशोरी संजाललाई शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले समाजमा भएको विभिन्न विकृति तथा प्रथाहरुलाई हटाउन, राज्यको विभिन्न क्षेत्रमा नेतृत्व गर्न किशोरी संजालको महत्वपूर्ण भूमिका रहने विश्वास व्यक्त गर्नुभयो ।


त्यस्तै कमलामाई नगरपालिका उप–प्रमुख मञ्जु देवकोटाले नगरलाई न्यायोचित, हिंसारहित, स्वच्छ तथा किशोरीहरुको हकहितको लागि आवाज उठाउन नगरस्तरी किशोरी संजाल गठन गरिएको बताउनुभयो । उहाँले किशोरी संजाल गठन गरेर छोड्ने मात्रै नभई स्थानिय सरकारले निति बजेट तथा कार्यक्रम बनाएर अगाडि बढ्ने बताउनुभयो ।


नगरस्तरीय किशोरी संजाल पूर्नगठन कार्यक्रममा कमलामाई नगरपालिका उप–प्रमुख मञ्जु देवकोटाको अध्यक्षता रहेको थियो भने कार्यक्रमा कमलामाई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, सामाजिक बिकास समिति संयोजक उज्वल कुमार थापा, वडा नम्बर १२ का वडाअध्यक्ष भिम बहादुर गुर्मछान, शिक्षा शाखा प्रमुख हितकुमारी पौडेल, विभिन्न वडाका विद्यालयका शिक्षक तथा विद्यार्थी लगायतको उपस्थीति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles