आस्था विश्वकर्मा / सिन्धुली
सिन्धुलीको तिनपाटन गाउँपालिका वडा नम्बर ७ को नवनिर्मित वडा कार्यलय भवनको उट्घाटन गरिएको छ । विहिबार गाउँपालिकाको वडा नम्बर ७ का वडाध्यक्ष युवराज पहाडीको अध्यक्षता तथा तिनपाटन गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापामगरको प्रमुख आतिथ्यतामा नवनिर्मित वडा कार्यलय भवनको उट्घाटन गरिएको हो ।

उट्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिका अध्यक्ष कर्ण बहादुर थापामगरले कुनै धर्म, जातजाती, भाषाभाषि, लिङ्ग, वर्ग नहेरी सबै व्यक्तिहरुलाई छिटो छरितो तरिकाले समान रुपमा सेवा दिनुपर्ने बताउनुभयो । उहाँले शिक्षा, स्वास्थ्य, कृषि, खानेपानि तथा भौतिक संरचना लगायतको क्षेत्रमा विकास गर्नको लागि गाउँपालिका लागिपरिरहेको बताउनुभयो । कार्यक्रममा तोकिएको समयावधि भन्दा अगाडि नै वडा कार्यलय भवन निर्माण कार्य सम्पन्न गर्ने निर्माण कम्पनीलाई सम्मान गरिएको छ ।