आस्था विश्वकर्मा / सिन्धुली
क्रियाशिल पत्रकार महिला शाखा सिन्धुलीले विहिबार पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिन कार्यक्रमको आयोजना गरेको छ । गएको मंसिर २८ को पत्रकार महासंघको निर्वाचनमा विजय भएका नवनिर्वाचित कार्यसमिति तथा बागमति प्रदेश उपाध्यक्ष तथा सदस्यहरुलाई सम्मान तथा बधाई एवम् सफल कार्यकालको शुभकामना दिन कार्यक्रमको आयोजना गरिएको हो ।

कार्यक्रमको अवसरमा उपस्थित व्यक्तिहरुले सिन्धुलीमा पत्रकारका क्रियाशिल संघ संगठनले पत्रकारको क्षमता अभिवृद्धिको पक्षलाई पहिलो प्राथमितामा राख्नुपर्नेमा जोड दिएका छन् । पत्रकारको हकहितमा काम गनुको साथै उनीहरुको क्षमता विकास गर्नु पत्रकारका सबै संघ संगठनको साझा उद्देश्य रहेकाले अवसरको खोजी गर्नु भन्दा क्षमता अभिवृद्धिमा लागिपर्नुपर्नेमा जोड दिएका हुन् ।

क्रियाशिल पत्रकार महिला सिन्धुलीकी अध्यक्ष राधिका बुढाथोकीको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेश उपाध्यक्ष बिमला पाण्डेको प्रमुख आतिथ्यता रहेको थियो । बागमती प्रदेश उपाध्यक्ष पाण्डेले पत्रकारमा लगनशिलता हुनपर्नेमा जोड दिनुभएको छ । कार्यक्रममा पत्रकार महासंघ सिन्धुली शाखाका नवनिर्वाचित कार्यसमितिका पधादिकारीहरु, बागमति प्रदेशका उपाध्यक्ष तथा सदस्य, क्रियाशिल पत्रकार महिला सिन्धुलीका कार्यसमितीका टिम लगाएको उपस्थिती रहेको थियो ।

