Saturday, December 14, 2024

लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान सिन्धुलीमाढीमा पनि विभिन्न कार्यक्रम

सिन्धुली – लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको पहिलो दिनमा आज सिन्धुलीमाढीमा र्याली तथा कोण सभाको आयोजना गरि उट्घाटन गरिएको छ ।

हामी सबैको प्रतिबद्धता लैङ्गिक हिंसा अन्त्यको लागि एक्यबद्धता भन्ने राष्ट्रिय नाराका साथ सिन्धुलीमाढीमा आज ¥याली तथा कोण सभा गरि लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु गरिएको हो ।

कमलामाई नगरपालिकाको आयोजनामा भएको ¥याली तथा कोण सभा कार्यक्रम कमलामाई नगरपालिका उप–प्रमुख मञ्जु देवकोटाको अध्यक्षता तथा नगर प्रमुख उपेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा भएको हो ।

लैङ्गिक रुपमा हिंसा रहित समाजको विकास तथा निमार्ण गर्ने उद्देश्यका साथ नेपाल मन्त्री परिषदको बैठकका निर्णय अनुसार २०७५ साल मंसिर २ गते बाट लागु भएको यो अभियान देशैभर नै दिवसको रुपमा १६ दिन सम्म विभिन्न कार्यक्रम गरि मनाईने गरिन्छ । हरेक वर्ष नोभेम्वर २५ तारिख देखि डिसेम्बर १० तारिख सम्म सञ्चालन हुने कार्यक्रममा कमलामाई नगरापालिका का १४ वटै वडामा लैङ्गिक हिंसा विरुद्ध विभिन्न कार्यक्रम तथा तालिम सञ्चालन गरिने छ ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै नगरप्रमुख उपेन्द्र कुमार पोख्रेलले मुलुकलाई हिंसा मुक्त मुलुक तथा सुशासन युक्त मुलुक बनाउन हामी सबैको दायित्व रहेको बताउनुभयो । उहाँले १६ दिन मात्रै नभई ३६५ दिन नै मानव अधिकारको रक्षा तथा राज्यको मान्यता पालना गराउन सबैजना लागि पर्नुपर्ने बताउनुभयो ।


कमलामाई नगरपालिका उप–प्रमुख मञ्जु देवकोटाले प्रत्येक घर दैलोका हिंसारत समस्या हल गर्नको लागि सवैजनाको एकयबद्धता, आपसी सद्भाब सम्वन्य तथा सहकार्य रहेको हुदाँ सबै जुट्नुपर्ने र आगमी ३६५ दिन नै समाज,व्यक्ति घर तथा विद्यालय स्तरमा भएका हिंसाजन्य घटनालाई पहिचान गरि सम्बन्धी निकाय सम्म पु¥याउन अनुरोध गर्नुभयो ।


त्यस्तै जिल्ला प्रहरी कार्यलय सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्धराज काफ्ले ले महिला मात्रै नभई अन्य व्यक्ति पनि हिंसामा परेको हुदाँ कुनै पनि राजनितिक, वर्गिय जातजाति तथा भाषाभाषि जस्ता कुरालाई नदेखाई यर्थात रुपमा चित्रण गर्न सकेमा लैङ्गिक हिंसा अन्त्य गर्न महत्वपुर्ण भुमिका निर्वाह गर्ने बताउनुभयो ।
लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा प्लान ईन्टरनेशनल नेपाल, ह्यान्स्ड नेपाल, रिलिफ नेपाल, जिल्ला प्रहरी कार्यलय सिन्धुलीको साझेदारी रहेको छ ।
कार्यक्रममा विभिन्न विद्यालय, जिल्ला प्रहरी कार्यलय सिन्धुली तथा संघसंस्थाहरुले ¥याली प्रदर्शन गरेका थिए भने कार्यक्रममा नगरप्रमुख उपेन्द्र कुमार पोख्रेल, उप–प्रमुख मञ्जु देवकोटा, जिल्ला समवन्य समित सिन्धुलीका उप–प्रमुख शान्ता कार्की, सहायक प्रमुख जिल्ला अधिकारी कृष्णमणि फुयाल, प्रमुख प्रशासकीय अधिकृत विनोद भट्टराई, सेना प्रमुख बद्री कँुवर, प्रहरी उपरिक्षक गोविन्धराज काफ्ले, विभिन्न विद्यालयका शिक्षकहरु, पत्रकार, विभिन्न सरकारी तथा गैरसकारी संस्थाका कर्मचारीहरु लगायतको उपस्थीति रहेको थियो ।

spot_img

Hot Topics

Related Articles