काठमाण्डाै – सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई सर्वोच्च अदालतमै उपस्थित गराउन आदेश लिएको छ ।

प्रसाईंका छोरा निराजन प्रसाईंले बुबाको पक्राउ गैरकानूनी भएको भन्दै सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गराउनुभएको थियो । रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश मनोजकुमार शर्माको इजलासले प्रसाईंलाई सर्वोच्च अदालतमा उपस्थित गराउन आदेश दिएको हो । इजलासले प्रसाईँलाई पक्राउ गर्नुको कारणसहित जवाफ दिन पनि विपक्षी अर्थात् प्रहरीको नाममा आदेशसमेत जारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले कम्बाेडियामा ३२ अर्ब रुपैयाँ गैरकानूनी लगानी गरेको जिकिर गर्दै कागजात सार्वजनिक गरेका प्रसाईंलाई गएको मङ्गलवार प्रहरीको साइबर ब्युरोले पक्राउ गरेको थियो । उनीमाथि विद्युतीय कारोबार र कीर्तेको कसूरमा पनि अनुसन्धान भइरहेको छ ।

यसैबीच जिल्ला अदालत काठमाण्डौले दुर्गा प्रसाईंलाई थप पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ ।