Saturday, February 15, 2025

बाढि पहिरोका कारण ज्यान गुमाउनेहरुप्रति नेकपा एमाले सिन्धुलीद्धारा श्रद्धान्जली ब्यक्त

सिन्धुली – बाढि पहिरोका कारण ज्यान गुमाउनेहरुप्रति नेकपा एमाले सिन्धुलीले श्रद्धान्जली ब्यक्त गरेको छ । घाईतेहरुको स्वास्थ्य लाभको कामना गर्दै बेपत्ताहरुको खोजीका लागि सरकारका सबै संयन्त्रको सक्रियताको लागि बुधबार एक प्रेस विज्ञप्ती मार्फत अनुरोध गरेको छ ।


असोज ११ र १२ गते परेको अविरल बर्षाका कारण देश भर २ सय २८ जनाले ज्यान गुमाएका छन् । २५ जना अझै बेपत्ता छन् । सिन्धुलीमा बाढिका कारण ३ जनाले ज्यान गुमाए भने सडक अबरुद्ध हुँदा उपचार हुन नसकि अन्य दुई जना विरामीले समेत ज्यान गुमाएका छन् ।


किसानहरुले भित्राउन लागेका बालीनाली, गोठ, खोरका पशुपंक्षी र विघौँ विघा खेतबारीको क्षेति भएको नेकपा एमालेका अध्यक्ष महेन्द्रदेब श्रेष्ठ द्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ । सुनकोशी र रोशीको बाढिका कारण जिल्लाका तीनवटा स्थानीय तहहरु सुनकोशी गाउँपालिका, गोलन्जोर गाउँपालिका, फिक्कल गाउँपालिकाका दर्जनौँ बस्तीहरुमा अत्यधिक क्षेति भएको छ । बागमति नदिको डुवानमा परेर हरिहपुरगढि गाउँपालिकाका बस्तीहरुमा समेत क्षेति पुगेको छ ।


‘यो विपदको समयमा अद्धार, राहत र ब्यवस्थापनमा खटिने सुरक्षाकर्मी, प्रशासन, जनप्रतिनिधिहरु, स्थानिय ब्यक्तिहरु, राजनितिक दलका नेता कार्यकर्ताहरु , कर्मचारीहरु , सरकारी तथा गैरसरकारी नियकायहरु, सूचना प्रवाह गरेर जनतालाई सचेत र सुसुचित बनाउने सन्चार क्षेत्र लगाएत सबैलाई हार्दिक धन्यवाद ब्यक्त गर्दछौँ, विज्ञप्तीमा उल्लेख छ । साथै बाढि पहिरो पिडितहरुलाई वितरण गरिने राहत ब्यवस्थित र एकद्धार प्रणालीबाट गर्नका लागि समेत अनुरोध गरिएको नेकपा एमाले सिन्धुलीका अध्यक्ष श्रेष्ठ द्धारा हस्ताक्षरीत विज्ञप्तीमा उल्लेख छ ।

spot_img

Hot Topics

Related Articles