सिन्धुली – ६० औँ राष्ट्रिय बाल दिवसको अवसरमा कमलामाई नगरपालिकाको ६ नम्बर वडा बाल मैत्री वडा घोषणा गरिएको छ ।
बाल मैत्री स्थानीय शासन राष्ट्रिय रणनिती २०६८ , कार्यान्वयन कार्यविधि २०६८, बाल मैत्रि स्थानिय शासन कार्यान्वयन निर्देशिका २०७८ र बालमैत्री स्थानिय शासन घोषणा कार्यविधि २०७९ले निर्दिष्ट गरेका सबै तहगत खुड्कीलाहरु, सुचकहरु र मापदण्डहरु पुरा गरि बाल मैत्री घोषणा गरिएको ६ नम्बर वडाका अध्यक्ष उज्वल कुमार थापाले जानकारी दिनुभयो ।
प्रतिनिधि सभा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि श्याम कुमार घिमिरेले बालबालिका भएकै कारण हेपिन नपरोस्, घरपरिवार तथा समाजबाट पनि यथोचित सम्मान प्राप्त होस् कमलामाई नगरपालिकाको १४ वटा वडाहरुमध्ये यस वडा पहिलो बालमैत्री वडा घोषणा भएको वडा हो ।
बालमैत्री वडा घोषणा कार्यक्रममा नगर प्रमुख उपेन्द्र कुमार पोखरेल, उप प्रमुख मञ्जु देवकोटा ,जि।स।स उपप्रमुख शान्ता कार्की, कार्यपालिका सदस्यहरु, वडा अध्यक्षहरु, जिल्ला प्रशासन कार्यालयका सहायक जिल्ला प्रमुख अधिकारी, जिल्ला भित्रका विभिन्न संघ सस्थाहरुका प्रमुख तथा प्रतिनिधिहरु, शाखा प्रमुखहरु, स्वास्थ्य चौकीका कर्मचारीहरु, नगर भित्रका सरकारी÷सस्थागत विद्यालयका शिक्षक तथा विद्यार्थीहरु, पत्रकारहरु र सरोकारवालाहरुको उपस्थिति रहेको थियो ।