Monday, October 7, 2024

स्वर्णिमको १६ औँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन सिन्धुलीमाढिमा सम्पन्न

सिन्धुली – स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि.को १६ औँ बार्षिक साधारण सभा तथा छैठौँ अधिवेशन सिन्धुलीमाढिमा सम्पन्न भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि तथा कमलामाई नगरपालिका सिन्धुलीका उप प्रमुख मन्जु देवकोटाले सहकारी सम्बृद्धिको आधार भएकाले सहकारीमा ढुक्क भएर बचत गर्न आग्रह गर्नुभयो । स्थानिय सरकारले सहकारीलाई अनुगमन गरिरहेकाले विश्वास गर्न पनि आग्रह गर्नुभयो ।


कार्यक्रममा आर्थिक बर्ष २०८०-०८१ मा उत्कृष्ट बचत कर्ता महिला तर्फ विमला श्रेष्ठ, उत्कृष्ट बचत कर्ता पुरुष तर्फ मकर विश्वकर्मा त्यसैगरि उत्कृष्ट ऋणी तर्फ पुरुष राजेन्द्र कुमार श्रेष्ठ, महिला तर्फ हिरामाया पुरी, उत्कृष्ट बाल बचत तर्फ कोमल खड्का र संगम मगरलाई सम्मान गरिएको छ ।

जेष्ठ सदस्य तर्फ राम बहादुर श्रेष्ठ, विविमाया मोक्तान,चन्द्र कुमारी श्रेष्ठ, सुशिला देवकोटा, नर बहादुर राना मगरलाई सम्मान गरिएको छ । साथै उत्कृष्ट कर्मचारीको रुपमा विष्णु माया घिसिङलाई सम्मान गरिएको छ । यसैगरि संस्थाको उन्नती प्रगतिमा सन्चार क्षेत्र मार्फत सहयोग पुर्याउनु भएको सन्चारकर्मी जिवि श्रेष्ठलाई सम्मान गरिएको छ । श्रेष्ठ पालिका आवाज अनलाईका प्रधान सम्पादक र जिवि पोडकाष्टका सन्चालक हुनुहुन्छ ।


स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि.को १६ औँ बार्षिक साधारण सभा तथा छैठौैँ अधिवेशनले विहिबार नयाँ कार्य समिति समेत चयन गरेको छ । अध्यक्ष कृष्ण बहादुर श्रेष्ठ, उपाध्यक्ष गंगादेवि बसेल, सचिब नबराज श्रेष्ठ, सह सचिब लक्ष्मि कुमारी श्रेष्ठ ,कोषाध्यक्ष बल बहादुर श्रेष्ठ, सदस्य भुवन बहादुर श्रेष्ठ, सदस्य चुना कुमारी श्रेष्ठ रहनुभएको छ । त्यस्त,ै लेखा सुपरिबेक्षण समितिमा सम्योजक कृष्ण प्रसाद गौतम, सदस्यहरु अम्बरदीप चौधरी र मन्जु देवकोटा रहनुभएको छ ।


स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि.वि.सं २०६५ चैत्र ६ गते दर्ता भई २०६६ बैशाखबाट शेयर संकलन सुरुवात गरि सोहि बर्षको भदौ १३ गतेबाट बचत संकलन र ऋण कारोबार गर्दै आएको सो सहकारी हाल कमलामाई ५ मधुटारमा आफ्नै भवनमा कार्यलाय सन्चालन गरि दैनिक कारोबार गर्दै आएको छ । २०७६ जना सदस्य रहेको स्वर्णिम सहकारीले २०८०-०८१ मा अन्ठाउन्न लाख एकाउन्न हजार चार सय विस रुपैया चौरासी पैषा नाफा कमाउन सफल भएको छ ।

हाल सो सहकारीको कुल सम्पत्ति तेइस करोड तेतिस लाख एकाउन्न हजार छ सय पैतिस रुपैया सा्रेह पैषा रहेको छ । स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्थाले आफ्ना शेयर सदस्यहरुको लागि पन्ध्र प्रतिशत शेयर लाभान्स वितरण गर्ने सहकारीका अध्यक्ष कृष्ण बहादुर श्रेष्ठले जानकारी दिनुभयो । कार्यक्रमको उद्घोषण स्वर्णिम भविष्य बचत तथा ऋण सहकारीका प्रबन्धक मोहन श्रेष्ठले गर्नुभएको थियो ।

spot_img

Hot Topics

Related Articles