Friday, April 25, 2025

हेभि इक्वीपमेन्ट अपरेटर संघ सिन्धुलीको अध्यक्षमा मनोज पाहाडि

सिन्धुली – हेभि इक्वीपमेन्ट अपरेटर संघ सिन्धुलीको तेश्रो अधिवेशन तथा अपरेटर भेला सोमबार सिन्धुलीमाढिमा सम्पन्न भएको छ । तेश्रो अधिवेशनले मनोज पाहाडीको अध्यक्षतामा नौ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ । उपाध्यक्ष नबराज मगर, सचिब राज कुमार बराइली, कोषाध्यक्ष राम बहादुर कार्की, सह सचिब बासुदेव कार्की, सदस्यहरु जीत मग्राती, शिव खत्रि, अनिस मग्राती र सुरेश बोगटि रहेका छन् ।


कार्यक्रमको प्रमुख अतिथि तथा नेपाल हेवि इक्वीपमेन्ट अपरेटर संघका केन्द्रिय अध्यक्ष सन्तोष श्रेष्ठले हाल ५६ वटा जिल्लामा संगठन विस्तार गरिएको बताउनु भयो । भौतिक निर्माणको मेरुदण्डको रुपमा रहेको अपरेटरहरु एक जुट हुन सके मात्र मागहरु पुरा हुने श्रेष्ठले बताउनु भयो । संघले केहि गरेन भन्नेहरुको लागि अहिले सम्म के कति काम भयो भने बारे उपस्थीत अपरेटर सह अपरेटरलाई प्रष्ट पार्नुभयो ।


कार्यक्रमको विशिष्ट अतिथि तथा नेपाल हेवि इक्वीपमेन्ट अपरेटर संघका केन्द्रिय उपाध्यक्ष राम कुमार तामाङले धेरै अपरेटरहरुले तलब भक्ता नपाएको धेरै गुनासो आएकाले संघले त्यसको लागि समन्वय गरिरहेको र आगामी दिनमा पनि निरन्तरता दिने बताउनु भयो ।


कार्यक्रमको विशिष्ट अतिथि तथा नेपाल हेवि इक्वीपमेन्ट अपरेटर संघका केन्द्रिय कमिटि सदस्य एवंम सिन्धुली जिल्लाका पूर्व अध्यक्ष तारा चन्द्र देवकोटाले अपरेटरहरु लाई हेर्ने नजर समाजमा फरक रहेकाले अपरेटरहरु राम्रा पनि छन् भनेर आफैले देखाउने समय आएको बताउनुभयो ।

केहि अपरेटर अरुले बदमास गरेका कारण अन्य राम्रा अपरेटरलाई समेत समस्या परेको बताउनुभयो । दिनेश खड्काको अध्यक्षतामा सम्पन्न कार्यक्रममा अपरेटर राज कुमार बराइलीले स्वागत मन्तब्य राख्नुभएको थियो ।

spot_img

Hot Topics

Related Articles