Friday, January 23, 2026

सिन्धुलीका दुई सहकारी सम्मानित

सिन्धुली – राष्ट्रिय सहकारी बैंकले आफ्नो २२औं स्थापना दिवसको अवसरमा सिन्धुली जिल्लाका दुई उत्कृष्ट सहकारीलाई सम्मान गरेको छ। नियमित कारोबार विधामा मिलीजुली साकोस र उत्कृष्ट कारोबार विधामा स्वर्णिम भविष्य साकोसलाई सम्मान प्रदान गरिएको हो।

स्थापना दिवसको अवसरमा सहकारीको वर्तमान अवस्था र भावी कार्यदिशाू विषयक प्रदेश स्तरीय गोष्ठीको आयोजना गरिएको थियो। यस गोष्ठीमा सहकारी क्षेत्रका वर्तमान चुनौतीहरू र भविष्यका सम्भावनाहरूमा चर्चा गरिएको थियो। गोष्ठीको समापनमा उत्कृष्ट सहकारीहरूलाई पुरस्कृत गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीको उपस्थिति रहेको थियो। मन्त्री भण्डारीले सहकारी क्षेत्रको विकासमा योगदान पुर्‍याउने सबैलाई धन्यवाद व्यक्त गर्दै सहकारीहरूको भूमिकालाई अझ सशक्त बनाउन सरकार प्रतिबद्ध रहेको बताए।

यो सम्मानले सहकारी क्षेत्रका अन्य संस्थाहरूलाई पनि प्रोत्साहित गर्ने विश्वास लिइएको छ। सहकारीहरूले आफ्नो क्षेत्रको आर्थिक विकास र सामाजिक उत्थानमा महत्वपूर्ण योगदान पुर्‍याइरहेका छन्।

Hot Topics

Related Articles