सिन्धुली – सिन्धुलीमाढिमा तीज कुईन २०८१ प्रतियोगिता सन्चालन हुने भएको छ । महिलाहरुको महान चाड हरितालिका तीजको अवसर पारेर वारियर डान्स सेन्टरले सो प्रतियोगिता पहिलो चोटि गर्न लागेको हो । प्रतियोगितामा सहभागि हुन चाहने इच्छुकले यहि १७ गते सम्ममा फर्म भरिसक्नु पर्ने वारियर डान्स सेन्टरका सन्चालक सन्तोष नेपालिले जानकारी दिनुभयो ।

प्रतियोगितामा सहभागि हुन सोलोको लागि पाँच सयम , डोयटको लागि एक हजार र गु्रपका लागि एक हजार पाँचसय लाग्ने छ । प्रतियोगिताको विजेताले विस हजार, फष्ट रनरअपले दश हजार र सेकेन्ड रनरअपले पाँच हजार पुरस्कार पाउनेछन् । सिन्धुलीको प्रयास होटलमा हुने कार्यक्रममा तीन जना जर्ज रहनेछ । जसमा मिस सिन्धुली, मिसेस जनकपुर विजेता, डान्सर साथै ब्युटिसियन जमुना राना मगर, सर्लाहिका डान्सर तथा मोडल अनु बलम्पाकी र झापाका मोडल तथा डान्सर विक्रम विक्रम गेलाल रहनेछन् । पहिलो चोटि सिन्धुलीमा आयोजना हुन लागेको तीज कुईन २०८१ को लागि सबै उत्साहित देखिएको छ ।