Saturday, February 15, 2025

विपन्न तथा एकल महिलालाई आत्मनिर्भर बनाउन बाख्रा वितरण

सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका–५ का एकल तथा विपन्न महिलाहरुलाई आत्मनिर्भर बन्न सहयोग पुग्ने उद्देश्यले उन्नत जातका बाख्रा वितरण गरिएको छ ।

आर्थिक वर्ष २०८०-०८१ मा विपन्न एकल महिला आय आर्जन तथा महिला आयआर्जन शिर्षकमा विनियोजित बजेटबाट गाउँका एकल तथा विपन्न महिलाहरुका लागि वडा कार्यालयले निःशुल्क बाख्रा वितरण गरिएको हो ।

 कमलामाई नगरपालिका–५ का वडाध्यक्ष पुर्ण वहादुर खड्काले वडावासी एकल तथा विपन्न महिलाहरुलाई आत्मनिर्भर बनाउन सहयोग गर्ने उद्देश्य राखेर उन्नत जातका बाख्रा वितरण गरिएको बताउनु भयो । वडाभित्रका अति विपन्न तथा एकल महिलाहरु द्दद्द जनालाई एक–एकवटा बाख्रा निःशुल्क वितरण गरिएको उहाँले जानकारी दिनुभयो।

उहाँका अनुसार वडा कार्यालयले उन्नत जातको बाख्रा निःशुल्क वितरण गरेपछि लाभग्राही महिला हर्षित भएका छन् । वडा कार्यालयबाट बाख्रा पाएपछि राहतको महसुस गरेका एकल महिलाले थोरै भए पनि वडाले दिएको सहयोगले दैनिकी चलाउन टेवा पुग्ने बताएका छन् । 

वडा कार्यालयले निःशुल्क उपलब्ध गराएको बाख्राको अवस्था बुझ्न हरेक तिन महिनामा एक पटक अनुगमन गर्ने र त्यसरी अनुगमन गर्दा बाख्रा आफ्नो घरमा पालेको हुनुपर्ने सर्त राखिएको छ । समय–समयमा हुने अनुगमनका क्रममा घरमा बाख्रा नपालेको पाइएमा वडा कार्यालयले कारवाही गर्ने वडाध्यक्ष खड्काले बताउनु भयो ।

spot_img

Hot Topics

Related Articles