सिन्धुली – कमलामाई नगरपालिका वडा नम्बर ७ ज्यामुद बाँसकटेरीमा नेपाल टेलिकमको टावर उद्घाटन गरिएको छ । हिजो मंगलबार एक कार्यक्रमका विच कमलामाई नगरपालिका सिन्धुलीका उप प्रमुख मन्जु देवकोटाले उद्घाटन गर्नुभएको हो ।

कमलामाई नगरपालिका वडा नम्बर ७ को माथिल्लो भुभाग बाँसकटेरी, गैरी गाउँ सिम्ले टंसार लगाएत कमलामाई नगरपालिका १२ को केहि भुभाग लामो समय देखि सन्चारको सुविधाबाट बन्चीत रहेको थियो ।


सोहि वडाको जनप्रतिनिधि सुकलाल लामाको पहलमा नेपाल टेलिकमको टावर निर्माण भए सँगै त्यहाँको स्थानीयले सहजै सेवा लिन सक्नेछन् ।
यो पनि पढ्नुस्
कमलामाई नगरपालिका वडा नम्बर ७ स्थीत १०४ घर धुरीले स्वच्छ पिउने पाने उपभोग गर्न पाएका छन् । नेपाल स्वास्थ्यका लागि पानी नेवा र कमलामाई नगरपालिकाको सहयोगमा बाँसकटेरी , गैरीगाउँ , टंसार ,सिम्ले लगाएतका क्षेत्रका बासिन्दाको घर घरमा धारा जडान गरिएको हो ।

नेपाल स्वास्थ्यका लागि पानी (नेवा)को बहत्तर लाख उनान्सय हजार चार सय छयालिस र कमलामाई नगरपालिकाको चार लाख त्रिपन्न हजार गरि जम्मा सतहत्तर लाख बाउन्न हजार चार सय छयासिस रुपैया सहयोगमा निर्माण भएको हो ।

हिजो मंगलबार कमलामाई नगरपालिका सिन्धुलीका उप प्रमुख मन्जु देवकोटाले टेलिकमको टावर र स्वस्थ समुदाय घोषणा तथा खानेपानी तथा सरसफाई आयोजनाको उद्घाटन गर्नुभएको हो ।

कार्यक्रममा कमलामाई नगरपालिका वडा नम्बर ७ का अध्यक्ष कर्ण बहादुर घिसिङ, वडा सदस्य शम्भु बल,सुक्लाल लामा , नेकपा एमाले कमलामाई नगर कमिटिका अध्यक्ष सुन्दर घिसिङ, नेपाल टेलिकम सिन्धुलीका प्रमुख विदुर श्रेष्ठ, सहयोगी संस्था नेपाल स्वास्थ्यको लागि खानेपानी नेवाका कर्मचारीहरू लगाएतको उपस्थिती रहेको थियो ।