जि.वि. श्रेष्ठ, सिन्धुली
सिन्धुली – कमलामाई नगरपालिकाको नगरस्तरीय बाल सञ्जाल गठन र बालभेला कार्यक्रम सम्पन्न भएको छ।


कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासिक अधिकृत सुमन कुमार कार्कीले बालबालिका सम्बन्धी प्रस्तुति राख्नुभएको थियो ।

नगरस्तरीय बाल सन्जाल प्रजातान्त्रिक प्रणालीद्वारा गठन गरिएको छ। कमलामाई नगरपालिकाको आयोजना र नगरपालिकाको महिला बालबालिका शाखाको समन्वयमा कार्यक्रम सम्पन्न भएको हो । सो भेलाले कमलामाई नगरपालिका वडा नम्बर ६ का वडास्तरीय बालसञ्जालका अध्यक्ष कुशल थापा (दिवस) अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका छन्।


त्यसैगरी उपाध्यक्षमा स्मृति कार्की, सचिवमा सुजल श्रेष्ठ, सहसचिव सञ्जीव श्रेष्ठ र कोषाध्यक्षमा रूपक पौडेल निर्वाचित भएका छन्। सबैजनाले आफ्नो कर्तव्य बोध गरी सक्रिय रूपमा बालबालिकाको हक र अधिकारको लागि काम गर्न नवनिर्वाचित अध्यक्ष कुशल थापाले अनुरोध गर्नुभयो । कार्यक्रम कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको हो ।