Saturday, February 15, 2025

जग्गा धनीहरूको प्रमाण पुर्जा वितरण (गाउँ ब्लक भित्र )

सिन्धुली – गाउँ ब्लक भित्र तर्फको जग्गा धनीहरूलाई प्रमाण पुर्जा वितरण कार्यक्रम आईतबार सम्पन्न भएको छ। जिल्ला नापी कार्यालयको सिन्धुलीको आयोजनामा कमलामाई नगरपालिकाको सह आयोजक र १३ नं.वडा कार्यलयको समन्वयमा प्रमाण पुर्जा वितरण गरिएको हो ।

नापी कार्यालयका प्रमुख सरोज बहादुर श्रेष्ठको अध्यक्षतामा कमलामाई नगरपालिकाका का.वा.नगर प्रमुख मन्जु देवकोटाको प्रमुख अतिथ्यता , वडा नं. १३ का वडा अध्यक्ष केशर बहादुर कार्की, १४ नं. वडाका अध्यक्ष राजन न्यौपाने, समाज सेवी उज्जवल वराल लगाएत कार्यपालिका सदस्य , वडा सदस्यहरू सहितको उपस्थितिमा कार्यकम संचालन भएको थियो ।


कार्यकमका प्रमुख अतिथि का.वा. नगर प्रमुख मन्जु देवकोटाले पुर्जा वितरण कार्य नगरपालिकाको प्राथमिकतामा रहेकोले हामी यस कार्यमा अगी वढ्ने वताउनु भयो । समाजसेवी उज्जवल वरालले लालपूर्जा प्राप्त गर्दा आफू नि अत्यन्त हर्षित भएकोले यस कार्यलाइ अन्य स्थानमा वितरणका लागि अनुरोध समेत गर्नुभयो । जग्गा धनीहरूको प्रमाण पुर्जा आउला भन्ने विश्वास थिएन तर पाउदा धेरै खुशी लागेको स्थानिय गर्मी माझीले बताउनुभयो ।


वडा नं १३ का वडाध्यक्ष केशर बहादुर कार्कीले आफनो वडावाट जग्गा धनीहरूको प्रमाण पुर्जा वितरण गर्ने कुरा वाट आफु उत्साहित भएको बताउनुभयो । साथै उहाँले वितरण कार्यमा सहयोग पुर्याउने सवैमा धन्यवाद दिदै स्वागत मन्तब्यसमेत दिनु भएको थियो ।
आईतबार ३२ जना व्यक्तिहरु मध्ये उपस्थित २३ जनाले जग्गा धनी प्रमाण पुर्जा प्राप्त गरेको कमलामाई इकाइ प्रमुख मुकेश तामाङले वताउनु भयो ।

spot_img

Hot Topics

Related Articles