Saturday, February 15, 2025

आजाद स्मृति नगरिमा क्रिकेट क्लब अफ भिमान गठन भएकोमा म हर्षित छु – उपमेयर मन्जु देवकोटा

सिन्धुली – आजाद स्मृति नगरिमा क्रिकेट क्लब अफ भिमान गठन भएकोमा आफु हर्षित भएको कमलामाई नगरपालिका उपमेयर मन्जु देवकोटाले बताउनु भएको छ ।

मंगलबार सिन्धुलीको भिमानमा क्रिकेट क्लब गठन तथा जर्सि वितरण कार्यक्रममा सो कुरा बताउनु भएको हो । साथै, नगरले बार्षिक रुपमा खेलकुदको लागि विनियोजन गर्दै आएको रकमबाट क्रिकेट क्लब अफ भिमानको लागि नगद छुट्याउन आफुले सकेको पहल गर्ने प्रतिबद्धता ब्यक्त गर्नु भयो ।

कमलामाई नगरपालिका वडा नम्बर ९ का अध्यक्ष विनोद श्रेष्ठले वडामा अन्य क्लबहरुको सक्रियता राम्रो रहेकाले नव गठित क्रिकेट क्लब अफ भिमानले पनि आफुलाई अब्बल सावित गर्नेमा आफु विश्वस्त रहेको बताउनु भयो ।

इन्जीनियर तथा समाजसेवि रोशन लामा र लोकप्रिय र्यापर प्रिन्स राजले क्रिकेट क्लब अफ भिमानको खेलाडिहरुको लागि थप हौसला प्रदान गर्न जर्सि सहयोग गर्नु भएको छ ।

कार्यक्रममा रामजि शाहको अध्यक्षतामा कार्यसमित चयन गरिएको छ जसमा उपाध्यक्ष दिपक नेपालि, सचिब विवेक श्रेष्ठ, सह सचिब आविस्कार दाहाल, कोषाध्यक्ष आशिष थापा, सदस्यहरुमा देव विक्रम थापा, खड्ग बहादुर बस्नेत, सुरेश खत्रि, शान्ति प्रसाद चौलागाई, साहिद खान र वेदराज गौतम त्यसैगरि सल्लाहकारहरुमा राजु चौलागाई, दिनेश न्यौपाने, भरत कुमार पोखरेल, संजय शाह, सागर प्रधान र प्रमोद कार्की रहेका छन् । क्रिकेट क्लब अफ भिमानले समग्र नेपालको क्रिकेट खेलमा थप टेवा पुर्याउने उपेक्षा गरिएको छ ।

spot_img

Hot Topics

Related Articles