Friday, May 16, 2025

हरिहपुरगढि २ सिरपुरको भाइरल जंगलमा बुद्ध मुर्तिको ८० प्रतिशत निर्माण कार्य पुरा

सिन्धुली- सिन्धुली सिन्धुलीको हरिहपुरगढि – २ सिरपुरको भाइरल जंगलमा निर्माण भएको गौतम बुद्ध मुर्तिको ८० प्रतिशत निर्माण कार्य पुरा भएको छ ।

सो मुर्तिको उचाई १३ फिट रहेको छ । गत बर्ष हरिहपुरगढि सिरपुर बजारमा पौष १४ गतेबाट सात दिन सम्म सन्चालन भएको श्रीमद भागवत सप्ताहा ज्ञान महायज्ञबाट संकलन भएको रकम मध्यबाट सबै खर्च कटाएर बाँकी रहेको रकमबाट गौतम बुद्ध मुर्ति निर्माण गरिएको बुद्ध मुर्ति निर्माण समितिका संयोजक तारा बहादुर पाख्रिनले जानकारी दिनुभयो ।

सो मुर्तिको यहि जेष्ठ १० गते बुद्ध जयन्तीको अवसरमा आचार्य नोर्बु गुरुद्धारा बुद्ध मुर्तिको राब्ने अर्थात प्राण प्रतिष्ठान र धार्मिक प्रबचन पुजा सन्चालन हुने जनाईएको छ ।

उक्त बुद्ध मुर्ति निर्माणको लागि थप सहयोग रकम आवश्यक रहेकाले यहि जेष्ठ १ गतेबाट सहयोग रकम संकलन कार्यक्रम अगाडि बढाईने समेत बुद्ध मुर्ति निर्माण समिति संयोजक तारा बहादुर पाख्रिनले जानकारी गराउनु भयो ।

spot_img

Hot Topics

Related Articles