Friday, May 16, 2025

स्वार्णिम भविष्य द्धारा सहकारी शिक्षा कार्यक्रम

सिन्धुली- स्वार्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि. सिन्धुलीले सदस्य शिक्षा कार्यक्रमको आयोजना गरेको छ ।

सँस्थाको आफ्नै सभा हलमा मंगलबार २० जना शेयर सदस्यहरुको लागि सदस्य शिक्षा कार्यक्रम गरिएको हो ।

पछिल्लो समयमा सहकारीको बर्तमान अबस्था, सहकारीमा नै किन बचत गर्ने, ऋण समयमा नै नतिरेपछि हुने समस्या, लगाएतको विषयमा कार्यक्रममा जानकारी गराईएको स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि का प्रबन्धक मोहन श्रेष्ठले जानकारी दिनुभयो ।

कार्यक्रममा सहकारीको हाल सम्मको कारोबारको अबस्था, सँस्थामा रहेका बचतका प्रकार, ऋणलाई कसरी सदुपयोग गर्ने लगाएतका विषयमा पनि शिक्षा दिईएको थियो ।

स्वर्णिम भविष्य बचत तथा ऋण सहकारी सँस्था लि का अध्यक्ष कृष्ण बहादुर श्रेष्ठको अध्यक्षतामा भएको सदस्य शिक्षा कार्यक्रमको सहजिकरण सहकारीका प्रबन्धक मोहन श्रेष्ठले गर्नु भएको थियो ।

spot_img

Hot Topics

Related Articles