Saturday, February 15, 2025

सिन्धुलीमाढिमा सन्चालित नेपाली भाषा सम्बन्धी १० दिने क्षमता विकास तालिम समापन

सिन्धुली – सिन्धुलीमाढिमा सन्चालित नेपाली भाषा सम्बन्धी १० दिने क्षमता विकास तालिम समापन भएको छ ।

सिन्धुलीको कमलामाई नगरपालिका ६ स्थित नवज्योती बहिरा मा.वि. जसेदमारमा शनिबार तालिम समापन भएको हो ।

कमलामाई नगरपालिकाको सहयोग, प्लान इन्र्टरनेश्नल नेपाल र ह्ण्यास नेपालको सिन्धुलीको साझेदारीमा Girls Standing Strong परियोजना मार्फत नवज्योती मा.वि जसेदमारका नव नियुक्त शिक्षहरुलाई तालिम दिइएको हो ।

यहि जेठ ३ गते देखी सुरु भएको तालिममा ७ जना नवनियुक्त शिक्षकहरुको सहभागिता रहेको थियो । Girls Standing Strong परियोजनाका प्रमुख रामनन्द बैठाले तालिम राम्रो र उपलब्धमुलक भएको भन्दै खुसी ब्यक्त गर्नुभएको बताउनुभयो ।

१० सम्म संचालित तालिमले आधारभूत संचारका कुराहरु विद्यार्थीहरुको भावना, विचार बुझ्नको लागि सबल भएको सहभागि शिक्षकहरुले बताएका छन् ।

त्यसैगरी तालिमका प्रशिक्षक घन बहादुर थापाले तालिममा सहभागिहरुले छोटो समयमा धेरै कराहरु सिकेको भन्दै खुसी ब्यक्त गर्नुभएको छ । उहाँले अब आउने दिनहरुमा सिकाइलाई निरन्तरता दिनको लागी अनुरोध गर्नुभएको छ ।

नवज्योती मा.वि जसेदमारका प्रधानाध्यापक विजय तामाङले तालिम अपेक्षा गरेको भन्दा धेरैनै प्रभाबकारी भएको बताउनुभएको छ । साथै उहाँले अगामी दिन प्लान इन्टरनेश्नल नेपाल र ह्ण्यास नेपालको साझेदारीमा अझै थप प्रभाबकारी सिपमूलक तालिमको ब्यबस्था गरेर काम गर्ने बताउनुभएको छ ।

spot_img

Hot Topics

Related Articles