Saturday, February 15, 2025

क्रिकेट बिकाशमा अग्रसर क्रिकेट क्लब अफ भीमान

सिन्धुली भीमान– “विकास अनुशासन र गतिशिलताको मुल आधार क्रीकेट” भन्ने नाराका साथ शनिबार सिन्धुलीको कमलामाई नगरपालिका वडा नं ०९, भीमानमा क्रिकेट बिकाश तथा मनोरंजनका निमित्त क्रिकेट क्लब अफ भीमानको विवाहित र अविवाहित बीच मैत्रीपुर्ण क्रीकेट प्रतियोगिता २०८१ सम्पन्न भएको छ ।

मैत्रिपूर्ण क्रिकेट प्रतियोगितामा विवाहित टोलि बिजयी भएको छ । श्री जनजागृती मा।वि। भीमानको प्राँगणमा भएको निकैनै रोमान्चक मैत्रीपूर्ण खेलमा विवाहित टोलिले ३७ रनले जीत हासिल गरेको छ । निर्धारित २०\२० ओभरको खेलमा अविवाहित टोलिले टस जितेर पहिला बलिंङ रोजेको थियो ।

टस हारेर ब्याटिंगको निम्तो पाएको विवाहित टोलिले २० ओवरमा १३७ रनको स्कोर बनाउन सफल भएको थियो । १३८ रनको लक्ष पाएको अविवाहित टोलिलेले २० ओवर १०० रन बनाउन सफल भए संगै खेलमा विवाहित टोलि ३७ रनले बिजयी भएको हो । विवाहित टोलिको जीतको लागि प्रमोद कार्कीले उत्कृष्ट खेल प्रदर्शन गर्नु भएको थियो ।

कार्कीले ६ चौका र २ छक्काको साथ कुल ४१ रनको योगदानका साथ ३ ओवर बलिंग गर्दै १३ रन खर्चदै २ विकेट लिन सफल हुनुभएको थियो । विवाहित टोलि कार्की म्यान अफ द म्याच घोषित गरिएता पनि कार्कीले युवा (अविवाहित) टोलीलाई प्रोत्साहन गर्दै र म्यान अफ द म्याचको वास्तविक हकदार युवा (अविवाहित) टोलीका अरुण गिरि हुनुपर्न्र भन्दै आफ्नो मेडल गिरि लाई सुम्पिदै सम्मान गर्नु भएको थियो ।

गिरीले उत्कृष्ट खेल प्रदर्शन गर्दै आफ्नो टिमको लागि महत्वपुर्ण २६ रन को योगदान दिनुका साथै ४ ओवरको स्पेल मा १४ रन खर्चिदै ३ विकेट लिन सफल हुनुभएको थियो । साथै खेलको गेम चेन्जरको रुपमा विवाहित टोलिका विवेक श्रेष्ठ हुनु भएको छ उहाले आफ्नो ४ ओवर को स्पेल मा १३ रन खर्चदै महत्वपुर्ण ३ विकेट लिन सफल हुनुभएको छ आफ्नो स्पेल को तेस्रो ओवर मा उहाले २ विकेट लिई अविवाहित टोलीको पक्षमा भएको खेल आफ्नो टिमको पक्षमा ल्याउन सफल हुनुभएको छ ।

यसैगरी शनिबार भएको मैत्रीपुर्ण प्रतियोगितामा क्यान सिन्धुली अध्यक्ष संजय शाह र क्यान सिन्धुली कोषाध्यक्ष बिक्रम केसीको उपस्तिथिमा खेल सम्पन्न भएको थियो । ‍‌ उक्त समापन कार्यक्रममा क्यान सिन्धुली अध्यक्ष संजय शाहले, आगामी दिनहरुमा पनि साथ सहयोग र भिमानमा क्रिकेट बिकासको निमित्त पहल गर्ने प्रतिबद्धता गर्ने जनाउनु भएको छ । विजयी टीम तथा सहभागिहरुलाई भीमान क्रिकेट क्लबका प्रस्ताविक अध्यक्ष रामजी शाह र अतिथिद्वारा उत्कृष्ट खेलाडीहरुलाई मेडल वितरण गर्नु भएको थियो।

spot_img

Hot Topics

Related Articles